५० वर्षिय तामाङ मृत अबस्थमा फेला

रामेछाप । जिल्ला मन्थली नगरपालिका वडा नं. २ पिप्ले घर भएका मोहनसिंह तामाङ मृत फेला परेका छन् । गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पु स्थित थलाडाँडा जंगलमा तामाङको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
थलाडाँडा जंगलको गोरेटो बाटोबाट अन्दाजी ३५ मिटर तल घोप्टो परेका अबस्थामा तामाङको मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
तामाङ माघ २७ गते घरबाट फुलासी बिहेमा जान्छु भनि हिडेका थिए । अन्दाजी ५० बर्षिय तामाङ सम्पर्कमा नआएको पछि आफन्तले फल्गुण ०१ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए, सोही निवेदनको आधारमा प्रहरी र स्थानिय समेतले खोजतलास गर्ने क्रममा गत ०४ गते फेला पारीएको प्रहरीले जनाएको छ ।
मृतकको शव आवश्यक कानुनी प्रकृया पुरा गरी मन्थली अस्पताल रामेछापमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button