छिमेक लघुवित्त शाखा रामेछापको ७ औं ग्राहक सदस्य गुनासो सुनुवाइ सम्पन्न

फाल्गुण ७ गते रामेछाप। मन्थलीमा छिमेक लघुवित्त वित्तिय संस्थाल शाखा कार्यालय रामेछापको ७ औं ग्राहक सदस्य (इकाइ भेला) कार्यक्रम सम्पन्न गरेको छ ।
आज मन्थलीमा भएको कार्यक्रममा छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडका लेखा तथा बृत्त विभागका विभागिय प्रमुख उत्तमराज कट्टेलको प्रमुख अतिथी हुनु हुन्थ्थो । उहाँले लघुवित्तले ग्रामिण तथाअन्य क्षेत्रमा गरिवी निवारण र आय आर्जनको क्षेत्रमा जनताहरुलाइ सवल बनाउने उद्देश्यले काम गरेको तर लघुवित सदस्यहरुले जुन उदेश्यले कर्जा लैजानुहुन्छ त्यो अनुरुप पैसाको प्रयोग र सदुपयोग नगर्दा समस्या पैदा भएको बताए ।
आजको गुनासो सुनुवाइ भेलामा बाग्मती तथा गण्डकी प्रदेश प्रमुख श्रीकृष्ण जोसीका साथै प्रेम कुमार नायजु ,नेत्र बहादुर अधिकारी,किरण परिवार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता लक्ष्मण शाह को थियो ।
रामेछाप शाखाले आयोजना गरेको गुनासो सुनुवाइ भेलामा १८०जना सदस्यहरुको सहभागिता रहेको छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडका रामेछाप शाखा प्रवन्धक तथा कार्यक्रमको संयोजक लक्ष्मण शाहले बताए । यस प्रकारको कार्यक्रम देशैभरका १ सय ९७ वटा शाखाहरुबाट प्रत्येक बर्ष हुने संयोजक शाह जानकारी दिए ।
हाल लघुवित्तले नेपाल सरकारले तोकेको ब्याजदर १५ प्रतिशत ब्याजमा कर्जा प्रवाह गरिरहेका छन भने एकल महिला,दलित महिला,अपाङ्ग महिला, द्वन्द पिडित,जेष्ठ नागरिक, मुक्त कमैया र हलियाको हकमा भने १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह भैरहेको बताइएको छ ।
छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड रामेछापले आज रामेछाप शाखाका इकाइहरु मध्य उत्कृष्ट इकाई मुल्याङन ल्याउने १० वटा इकाईलाई सदस्यहरुका छोरीहरु मध्ये शिक्षामा उत्कृष्ट १० छोरीहरुलाई प्रति विधार्थी ३६०० का दरले ३६ हजार प्रदान साँथै सदस्यहरुबाट उत्कृष्ठ सफल ब्यबसायी ३ जना मन्थली नगरपालिका ८ बतेरे निवासी रमिला कर्मचाय ,झनक कुमारी बस्नेत र मन्थली ५ सुनारपानी निवासी गोपी रोका लाई नगद र प्रमाण सहित पुरस्कृत गरिएको कार्यक्रम संयोजक शाहले जानकारी दिए ।
साथै उनले लघुवित्तले कृषि तथा पशुपालन सम्बन्धी तालिम लगायत अन्य उत्पादनका धेरै क्षेत्रमा काम गर्दै आइरहेको बताए । हाल रामेछाप शाखा अन्तर्गत ९४ इकाइमा ११ सय ०७ सदस्यहरु रहेको बताइएको छ ।
आजै यस शाखामा सदस्य हरु मध्य छोरा छोरी मध्य SEE मा उत्कृष्ट अंक ल्याउने १ जना
मन्थली १ नालामी डाँडा रामेछाप निवासी सदस्य लक्ष्मी श्रेष्ठको छोरा महेन्द्र श्रेष्ठ विद्यार्थी लाई रु ७५०० र प्रसंसा पत्र प्रदान गरिएको छ । त्यसै गरी संस्थाले १जना सदस्य तथा ४जना अभिभावक गरि ५ जनालाइ रु ३ लाख ९९ हजार बिमा मार्फत आर्थिक सहयोग उपलब्ध गराएको समेत प्रवन्धक शाहले बताए ।



