रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरि मनायो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस

रामेछाप । रामेछाप नगरपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सप्पन्न गरेको छ । शनिबार(आज) ‘महिला अधिकार समानता र सशक्तीकरण ’ शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा क्रमश प्रथम, द्धितिय तृतीय र सान्त्वना शारदा तामाङ, शान्ति तामाङ , हिममाया श्रेष्ठ र पन्चिमाया नेपाली भएका हुन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तोना हुने प्रतियोगी हरुले क्रमशः २ हजार ५ सय,२ हजार,१ हजार पाँच सय र एक हजार पुरस्कार प्राप्त गरेका थिए। प्रतियोगितामा ७ जना महिलाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको अवसरमा पालिका भरीका एसइई २०८० मा सत प्रतिशत विद्यार्थी पास गराउन सफल महिला शिक्षिका, उत्कृष्ट महिला उद्यमी, महिलाहरुले संचालन गरेको संस्था, उत्कृष्ट महिला कृषक, उत्कृष्ट काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरुलाई सम्मान गरिएको हो ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का (कार्की) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र उपप्रमुख बाल कुमारी कार्कीले प्रतियोगितामा विजेता हुने तथा सम्मानित हुनेहरुलाई सम्मान गरेका थिए । अन्तराष्ट्रिय महिला दिवस सचेतनामूलक र्याली लगायतका कार्यक्रम गरि मनाइएको नगरपालिकाका महिला विकास शाखा अधिकृत सरिता बुढाथोकीले जानकारी दिईन ।





