(फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ दोहोरिएका छन् ।
रामेछापको सदरमुकाम मन्थलीमा भएको तेस्रो महाधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।


महाधिवेशनबाट उपाध्यक्षमा दिलबहादुर लामा, महासचिवमा राजु नापित सचिव (महिला) निशा गुरुङ, सचिव (संस्थागत) हिरालाल गुरुङ, कोषाध्यक्ष शंकर श्रेष्ठ सदस्यहरुमा बाबुकाजि श्रेष्ठ, उद्धव कुमार श्रेष्ठ, मानकाजी तामाङ्ग, रत्नकाजि प्रजापति, रवि महर्जन, जर्नेल घले, तेज नाछिरिङ्ग राई, श्यामलाल लामा, विशाल राज राई सर्वसम्मत चयन भएका प्रमुख निर्वाचन अधिकृत ईश्वरी श्रेष्ठ जानकारी दिए ।


चैत्र १ गते शुक्रबार नयाँ नेतृत्व चयनका लागि मन्थलीमा तेस्रो महाधिवेशन सुरु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button