वडा कार्यालयमै भिडियो एक्स–रे सेवा

रामेछाप । रामेछाप नगरपालिकाले वडा कार्यालयमै पुगेर भिडियो एक्स–रे सेवा प्रदान गरेको छ । रामेछाप नगरपालिकाको चालू आ.ब.२०८१÷०८२ को दोस्रो चौमासिक अवधिमा सम्पादित सेवा प्रवाह र विकास निर्माण कार्यहरूको सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा आयोजना गरेको घुम्ती शिविरमा भिडियो एक्स–रे सेवा समेत प्रदान गरेको हो ।
सो भिडियो एक्स–रे सेवा २६ जनाले लिएको नगरपालिकाका सूचना अधिकारी होम बहादुर थापाले जानकारी दिए । स्वास्थ्य परीक्षण १ सय २२ जना,पाठेघरको मुखको परीक्षण ३० जना र १ सय १० जनाले आयुर्वेद उपचार सेवा लिएको सूचना अधिकारी थापाले बताए ।
वडा नं ६ ओख्रेनीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सहित एकीकृत घुम्ती शिविर कार्यक्रम भएको हो । घुम्ती शिविरमा स्वास्थ्य, महिला बालबालिका, योजना, कृषि तथा पशुपन्छी विकास शाखाको न्यूनतम सेवा प्रवाह भएको थियो । शिविरबाट कृषि तर्फ २ सय ७० सेट विभिन्न फलफूल तथा तरकारीको बिउ र मिनी किट वितरण गरिएको थापाले जानकारी दिए ।
पशुपंक्षि तर्फ १ सय ९५ वटा गाई भैँसी,१३ सय ४९ वटा भेडा बाख्रा,१ सय १२ वटा बङ्गुर र ११ सय २० वटा कुखुराको लागी कृषकहरूले विभिन्न रोगको औषधि लगेका छन् । १३१ जना कृषकले पशु परामर्श सेवा लिएका छन् ।
घुम्ती शिविरमा ५४ ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button