६ दिन अघि सम्पर्क विहीन भएका सिन्धुलीका युवा मृत फेला

सिन्धुली। ६ दिन अघि सम्पर्क विहीन भएका सिन्धुलीका युवा मृत फेला परेका छन् । सुनकोशी गाउँपालिका–७ मझुवा घर भएका २६ वर्षीय शिव शरण विकको रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ भलुवाजोरको बोक्से पहरामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार चैत १० गते आइतबार राती रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट सम्पर्क विहीन भएका बि क को लास आज शुक्रबार फेला पारेको हो । विकको लास संगै प्रयोग गरेका बा २६ प ६०५९ नम्बरको मोटरसाइकल अप्ठेरो भिरमा भेटिएको प्रहरीले जनाएको छ ।
विक हराएको खबर पाए पछी प्रहरीले खोजि गर्ने क्रममा चैत ११ गते खोजी गर्ने क्रममा मोबाइल, हेलमेट, पर्स भेटेको प्रहरीले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।



