मन्थली माध्यमिक बिद्यालयको चुनावमा पार्टीको निर्देशन मानेन अभिभावकले प्रयोग गरे आफ्नै विवेक

मन्थली । मन्थली माध्यामिक बिद्यालयको सोमबार भएको ब्यबस्थापन समितिको निर्वाचनमा प्रत्यक्ष रुपमा पार्टीकै कार्यकर्ता बनाई उमेदवार बनाएका थिए । बिधालय जस्तो ठाउमा राजनीति गन्ध आउनु राम्रो त होईन । निर्वाचनमा नेपाली काङ्ग्रेस, ने क पा माओवादी र समाजवादी मिलि २,१,१ भागबण्डा गरि खुल्ला पुरुष २ जना र महिला २ जना उमेदवार बनाए । १ पुरुष र १ महिला काङ्ग्रेस , १ पुरुष माओवादी र १ महिला समाजवादी लिने सहमती भैइ निर्वाचनमा गठबन्धन गर्ने निधो भयो तर भने जस्तो न भैइ समाजवादीको भागमा परेकी महिला उमेदवारले चुनाव हारिन उता चुनाव जित्ने आशले ने क पा एमाले र स्वतन्त्र पार्टीको गतिलो गठबन्धन भयो चुनावमा एमाले तर्फका उमेदवार १ जना महिला सदस्य मात्र जित्न सफल भयो । समाजवादी र स्वतन्त्र गठबन्धनका नाममा नाम मत्र भए आफ्नो भाग लिन सकेनन् । फाईदा ठुला दलले लिन सफल भए।

सम्पान्न निर्वाचनमा काङ्ग्रेस, माओवादी र समाजवादी तर्फका ३ र एमाले र स्वतन्त्र तर्फका १ उमेद्वार विजयी भएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र समाजबादीका साझा उमेद्वार बनेका डल्ले माझीले (राजकुमार) (३६६), गणेश माझीले (३७२) र उर्मिला भुजेलले (३५३) मत प्राप्त गरि विजयी भएका छन् भने एमालेको तर्फका उमेद्वार मध्ये विमला माझीले (३७५) मत प्राप्त गरि बिजयी भएकी हुन् ।
निर्वाचनमा खुल्ला तर्फ दुई पुरुष माझी विजयी भएका हुन भने महिला तर्फ भुजेल र माझी विजयी भएका हुन् । खुल्ला तर्फका निकट्तम प्रतिद्वन्दि सुनिल कार्की ले ३५४ मत प्राप्त गरेका थिए भने यम बहादुर बुढाथोकीले ३१४ मत प्राप्त गरेका थिए भने महिला तर्फका निकटतम प्रतिद्वन्दी कविता काफ्लेले ३५१ मत र शिवकुमारी श्रेष्ठले ३१२ मत प्राप्त गरेकी थिइन । निर्वाचित ४ सदस्य सहित पदेन प्रतिनिधि हुने विद्यालयका प्रधानाध्यापक, र वडा अध्यक्ष सहित ६ जनाको बैठक वसेर थव सदस्यहरु मनोनित गर्ने र त्यस पछि को सदस्यहरु मध्येबाट अध्यक्ष चुन्ने ब्यवस्था शिक्षा नियमावलीमा गरिएको छ ।
खुल्ला पुरुष २ जना र महिला २ जनाका लागि सोमबार निर्वाचन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button