आत्महत्याको प्रयास गर्ने वृद्धलाई प्रहरीद्वारा उद्धार


रामेछाप । जिल्लाको शैलुङ गाउँपालिका वडा नं.२ बस्ने बर्ष अन्दाजी ७२ वर्षिय दिल बहादुर वि.क. प्रहरीले उद्दार गरेको छ । मंगलबार दिउसो आत्महत्या गर्छु भनि मन्थली नगरपालिका वडा नं.१ मन्थलीघाट तामाकोशी नदीमा हामफाल्न खोज्दा प्रहरी उद्दार गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी उपरीक्षक प्रदीप कुमार सिंहका अनुसार दिनको १२:०९ बजेको समयमा वि.क. मन्थलीघाट तामाकोशी नदि किनारामा गई आफ्नो साईलो छोरा दिनेश वि.क.लाई फोन सम्पर्क गरी आत्माहत्या गर्ने कुरा गर्दै गरेको सूचना प्राप्त हुन साथ तत्काल कार्यालय बाट सिंहको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगि उद्धार गरेको थियो । प्रहरीले उद्दार गरि कार्यालयमा ल्याएर आवश्यक मनोपरामर्श पश्चात वि. क. का माईलो छोरा हर्क बहादुर वि.क.लाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button