काठमाडौंबाट बाम्तीभण्डार जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ११ जना घाइते, १ को अवस्था गम्भीर

काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेमा दुर्घटना भएको छ । दुर्घटनामा परि ११ जना घाइते १ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए ।
गिरिका अनुसार घाइते हुनेहरुमा सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका ३ बस्ने बर्ष ७३ बर्षकी सुन्तली बि.क. सोही स्थान बस्ने ७० बर्षका छत्र बहादुर बि.क., काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका १३ बस्ने ३३ बर्षकि सिता श्रेष्ठ, रामेछाप जिल्ला मन्थली नगरपालिका ९ बस्ने अन्दाजी बर्ष ३४ बर्षका रामसरण बि.क., काठमाडौ जिल्ला नागार्जुन नगरपालिका ९ बस्ने अन्दाजी बर्ष ३५ कुमुद देबकोटा, भक्तपुर जिल्ला चागुनारायण नगरपालिका ४ बस्ने बर्ष ६२ का जनक बुढाथोकि, रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा न. ३ बस्ने बर्ष २० कि सुजता सुनुवार, वडा न. १ बस्ने अन्दाजी बर्ष २७ का पुजन श्रेष्ठ, वडा न. ५ बस्ने बर्ष ३५ का पदम सुनुवार रहेका छन् ।
तेस्तै उमाकुण्ड गाउँपालिका वडा न. २ बम्तिभणडार बस्ने बर्ष ५० का ङावा सेर्पा, निजको छोरा १० बर्षका ङिमा सेर्पा घाइते भएको मध्ये सुन्तली बि. क. को अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सुजता सुनुवार र जनक बुढाथोकी सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको इन्सपेक्टर गिरीले बताए ।
गिरिका अनुसार प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस आज बिहीवार बिहान ८:३० बजेको समयमा दुर्घटना भएको थियो । बस सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ । प्रहरी निरिक्षक गिरीका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइसमा पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल रहेका छन् । बसको चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


