टोकरपुर खोलामा डुबेको अवस्थामा वृद्ध महिलाको शव फेला

रामेछाप । जिल्लाको दोरम्बा शैलुङ टोकरपुर खोलामा वृद्ध महिलाको शव फेला परेको छ । दोरम्बा शैलुङ गाउँपालिका वडा न ३ सोति घर भएकि ९२ बर्षिय लक्ष्मी थापामगरको शव भेटिएको हो । पानी परिरहेको अवस्था दबदबे हिलो भएको खोलामा चिप्लिएर लडे सङै पानीको भल जम्मा भएर पानीमा डुबि मृत्युु भएको स्थानीय श्याम हरि कंडेलले जानकारी दिएका छन् । बिहीवार साझ ५:५४ बजेको समय बस तार्ने क्रममा वृद्ध महिलाको शब देखिएको थियो । स्थानीयका अनुसार वृद्ध अवस्थाभएको हुँदा मानसिक अवस्था कमजोर रहेको थियो । शवको पोस्टमार्टमका लागि मन्थली पठाइएको गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तानले जानकारी दिएका छन् ।