लिखु तामाकोशीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व. २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सप्पन्न भएको छ । शुक्रवार धोबीबजारमा दोस्रो चौमासिक अवधि सम्म प्रवाह भएका सेवा सुविधाको प्रभावकारीता विषयक सुनुवाई भएको हो ।

लिखु तामाकोशी गाउँपालिका, वडा कार्यालय, विषयगत शाखाहरुले लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व २०८१/०८२ को दोस्रो चौमासिक अवधिसम्म संचालन गरेका काम कारबाही, सेवा प्रबाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबीच छलफल गराउने सार्वजनिक सुनुवाईको आयोजना गरिएको थियो ।

गाउँपालिका अध्यक्ष केशब महतको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा उपाध्यक्ष दिपा पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत रामसिंह डडाल लगायत सातवटै वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।

सार्वजनिक सुनुवाईमा योजना शाखा प्रमुख सन्तोष जि.सी.ले लिखु तामाकोशी गाउँपालिका द्वारा चालु आ.व २०८१/०८२ सम्ममा भएको आय ब्यय लगायत भौतिक र बित्तीय समग्र प्रगतीको अवस्थाको जानकारी गराएका थिए। जिसीले प्रस्तुत गरेको दोस्रो चौमासिक सम्मको वित्तीय प्रगतिमा चालु तर्फ ५८.७६ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ २२.८६ प्रतिशत खर्च भएको छ । जिसीले प्रस्तुत गरेको वित्तीय प्रगतिमा विवरणमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा चालु र पुँजीगत गरी जम्मा ४५.०८ प्रतिशत खर्च भएको उल्लेख छ । 

त्यस्तै जिसीका अनुसार लिखुतामाकोशी गाउँपालिकाका कुल आयोजना १८० मध्ये १ सय १३ ओटा आयोजना सम्झौता भई २५ ओटा सम्पन्न भएर भुक्तानी समेत भएको र सम्झौता भएका बाँकी आयोजनाहरूको काम समेत भइरहेका छन् । सम्झौता हुन बाँकी ३१ ओटा आयोजनालाई पनि सम्झौता गर्न विभिन्न प्रक्रियाहरू अगाडि बढाइएको जि सि ले बताए ।नागरिकहरुले नागरिकको अपेक्षाको आधारमा योजना छनौट गर्नुपर्ने, सडक निर्माणमा गुणस्तरीयता कायम गर्नुपर्ने, गाउँपालिकाको एम्बुलेन्स नियमित रुपमा संचालन गर्नुपर्ने, गाउँपालिकाको प्रशासकीय भवन निर्माण गरी सेवा दिनुपर्ने, स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधीको ब्यवस्थापन गर्नु पर्ने, सूचना प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्ने लगाएतका विषयमा जिज्ञासा राखेका थिए । नागरिकहरुबाट आएका जिज्ञासाको गाउँपालिका अध्यक्ष केशब महतले गाउँपालिकाबाट प्रवाह भएका काम र सेवा प्रवाहको बारेमा राखेका विभिन्न जिज्ञासा तथा प्रश्नको बारेमा लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले जवाफ दिँदै पालिकाको चौतर्फी विकासको लागि नागरिकहरूले दिएका सुझावलाई आत्मसात् गर्दै सिंगो गाउँपालिकाको टिमले पुरा गर्ने धारणा व्यक्त गरे । अध्यक्ष महतले नागरिकहरूले उठाएका विभिन्न गुनासा र सुझावहरूलाई कार्यान्वयन गर्न नागरिकको समेत सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा पालिका र वडाबाट हुने काममा नागरिकलाई साथ आग्रह गरे । उपाध्यक्ष दिपा पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत रामसिंह डडाल, वडा नं ४ का वडा अध्यक्ष दिपक पुलामी मगर लगायतले जवाफ दिएका थिए। स्वतन्त्र सहजकर्ता उमङ्ग मैनालीको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली काँग्रेसका भोजराज खड्का, नेकपा एमाले के.बी पौडेल, नेकपा माओवादी केन्द्रका शेर बहादुर खड्का र रास्वपाका रविन महताराले गाउँपालिकाको काम गर्नु पर्ने सुधारात्मक पक्षहरुमा आफ्नो भनाई राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button