सुमोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु, २ जना घाईते

ताप्लेजुङ । ताप्लेजुङबाट पाथिभरा मन्दिर दर्शनका लागि जाँदै गरेको सुमोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । आगोलागी मा परि मृत्यु हुनेहरुमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ ।
अगोलागीमा परि २ जना घाइते भएका छन् । घाईते हुनेहरुमा ललितपुर जिल्ला घर भएकी वर्ष ४५ की सविना आचार्य र उनका छोरा अभियम आचार्य रहेका र उनीहरुको उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
छफुङलिङ नगरपालिकामा १० स्थित काफ्लेपाटी सडक खण्ड अन्तर्गत गुन्द्रे र तेर्से भन्ने स्थानमा सडकमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लागि सुमोमा आगोलागी हुदा मे १ ज ३०११ सुमोमा आगो लाग्दा दुर्घटना भएको थियो ।
घटना बारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।