शिक्षकलाई विद्यालय खोल्न दबाब दिदै अभिभावक आन्दोलनमा

पाल्पा । लामो समयदेखि  शिक्षकहरूको आन्दोलन कारणले विद्यालय बन्द भएपछि आज पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावकहरू आन्दोलनमा उत्रिएका छन् । 
पाल्पा जिल्लाको माथागढी गाउँपालिका – १ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरूले विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका छन् ।
उनीहरूले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर, निरन्तर विद्यालय सञ्चालन गर, अभिभावक एकता जिन्दाबाद,  जस्ता नारा लगाउँदै आन्दोलन गरेका थिए ।
अभिभावकले समेत विद्यालय खोल्न दबाब दिएपछि ज्ञानोदय आधारभूत विद्यालयका पठनपाठन सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले  बताए ।
उनले विद्यार्थीहरूप्रति व्यवस्थापन समिति उत्तिकै चिन्तित रहेको भन्दै आन्दोलन पछि  अभिभावक, विद्यार्थी र शिक्षकहरू बोलाएर विद्यालय खोल्ने विषय भएपछि पठन पाठन सुरु भएको बताए ।
अभिभावकहरूले  बच्चाहरूको पठाइ बिग्रिएकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

सेतो पार्टी बाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button