खड्गदल गण रामेछापले पुर्ण निर्माण गर्यो तिल्केस्थान गढीमा खाँडोदवि मन्दिर

रामेछाप । जिल्लाको नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा रहेको तिल्केस्थान गढीमा नेपाली सेनाले मन्दिर निर्माण गरेको छ । निर्माण भएको मन्दिरको उद्धघाटन गरिएको छ ।
(आज) सोमबार पुननिर्माण गरिएको खाँडादेवि मन्दिरको नेपाली सेनाको मध्यपूर्वि पृतनाका पृतनापति उपरथि कृष्णवहादुर जिसीले उद्घाटन गरेका हुन् । मन्दिर उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै जि सीले ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण र सम्बर्द्धन गर्नु नेपालि सेनाको नीति तथा कार्यक्रम अन्तर्गत तिल्केस्थान गढीको जिर्णोद्धार र उक्त गढीमा रहेको जिर्ण भई नासिने अवस्थामा पुगेको खाँडादेवि मन्दिरको पुननिर्माण गरिएको बताए । ईतिहास प्रति गर्व गर्न सकियो भने मात्र राष्ट्रिय एकता कायम हुने बताउदै गढी सहित नव निर्मित मन्दिरको संरक्षणमा स्थानिय सरकार लानुपर्ने जोड दिए । पृतनापति जिसीले तिल्केस्थान गढीमा राष्ट्रिय झण्डाको झण्डोत्तलन समेत गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले ऐतिहासिक गढी तिल्केस्थान निकै सम्भावना बोकेको ठाउँहरु रहेको बताए।इतिहासलाई झल्काउने यस्ता ठाउँहरुको प्रचार प्रसार,संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । नेपाली सेनाले गरेको कामको प्रशंसा गर्दै ईतिहासलाई सबैले सम्झनुपर्ने बताए ।
रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले मन्थली र रामेछाप नगरपालिकाको संमगस्थलमा रहेकोले गढी दुबै गाउँपालिकाको साझा सम्पती रहेको बताईन ।स्थानीय सरकारले तिल्केस्थान गढीलाई पर्यटन प्रबर्द्धनमा जोड्न धेरै काम गर्न बाँकी रहेको कार्कीले बताईन । 
नेपाली सेनाले पुननिर्माण गरेको खाँडादेवि मन्दिर र गढीको संरक्षणका लागि रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तोष कुमार तामाङलाई हस्तान्तरण गरिएको छ ।
ऐतिहासिक गढी तिल्केस्थानमा रहेको पुरानो मन्दिर र गढी भग्नावशेष भएकोमा नेपाली सेनाको खड्गदल गण रामेछापको पहलमा लामो समय लगाएर उक्त मन्दिर र गढीको जिर्णोद्धार गरिएको हो । मन्दिर पुननिर्माणको क्रममा पुरातात्विक हिसावको विष्णुको मुर्ति समेत फेला परेको थियो । उक्त मुर्ति खाँडोदवि मन्दिर भित्र प्रतिस्थापन गरिएको छ ।
नेपाली सेनाको सिघ्र प्रभावी योजना अन्तरगत रामेछापको खड्गदल गणका गणपति प्रमोद पौड्यालको सक्रियतामा महिनौ लगाएर उक्त मन्दिर निर्माण कार्य भएको हो । रामेछाप व्यारेक भन्दा झण्डै ६ किलोमिटर पश्चिममा रहेको उक्त गढीमा यस अघी रामेछाप नगरपालिका, मन्थली नगरपालिका र पर्यटन बोर्डले लगानी गरी सिढी निर्माण गरेका थिए ।
रामेछाप नगरपालिकाले डिपीआर बनाएर गढीको पुननिर्माण गर्ने योजना अघी सारे पनि थप काम भने अधुरो रहेको छ । ऐतिहासिक तिल्केस्थान गढी संरक्षण र प्रचार प्रसार नहुँदा आझेलमा परेको छ ।
इतिहासलाई हेर्ने हो भने तिल्केस्थान गढीमा अंग्रेज फौजसँगको नेपालको युद्धताका सैनिक बस्थे । त्यहाँ बस्ने सैनिक र युद्धका सामग्री भण्डारणका लागि साविक रामेछाप गा.वि.समा  अर्को सुरुङ बनाईएको थियो भन्ने गरिन्छ । नेपाल एकीकरणमा विजयी स्थानको रक्षा गर्न सैनिक खटाउने क्रममा तिल्केस्थान गढीको सुरक्षा गर्ने जिम्मा सहित भलुवाजोरमा पूर्व सैनिक बडा ऐमानसिंह (अहिमानसिंह) थापालाई खटाईएको इतिहास छ ।
वि.सं. १८३६ सालतिर अहिमानसिंह थापालाई भलुवाजोरमा स्थायी बसोबास नै गर्ने गरी आवश्यक सबै बन्दोबस्त गरेर खटाईएको विषय राष्ट्रिय विभूती अमरसिंह थापा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरुमा समेत उल्लेख छ । ती सैनिकहरु माडी चौरमा परेड खेल्थे पनि भनिन्छ । माडी चौर तिल्केस्थान गढीमा देश रक्षर्थ खटिएका सैनिकहरुको पनि तालिम गर्ने थलो हो । यो रामेछाप बजारबाट लगभग ६ किलो मिटर दुरीमा पर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button