एमाले निकट खेलकुद महासंघ रामेछापको अध्यक्षमा घिसिङ

रामेछाप । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेजराज घिसिङ निर्वाचित भएका छन्। मन्थलीमा मंगलबार सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनले सहमतिमै घिसिङलाई अध्यक्षमा चयन गरेको हो।
अधिवेशनले अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रुपमा चयन गरेको छ। सुदिप सुनुवार र रमेश चापागाईँ उपाध्यक्षमा चयन भएका छन् भने राजकुमार केसी सचिव पदमा निर्वाचित भएका छन्। त्यस्तै, रोशन राउत र प्रेम बहादुर पुवाँर उप–सचिवमा चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी गौतम आरणले सम्हाल्ने भएका छन्।
महासंघको नवगठित जिल्ला कार्यसमितिमा मोहन कार्की, प्रलाद कटुवाल, मदन रायमाझी, उमेश श्रेष्ठ, के.बी. सुनुवार र राधिका कार्की सदस्यमा चयन भएका छन्। अधिवेशनमा नेकपा एमाले रामेछापका जिल्ला कमिटी सदस्यहरू, स्थानीय नेता तथा खेलकुद क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button