नारायणकाजी र रविको पालामा भिजिट भिसामा उड्नेको संख्या सबै भन्दा धेरै, के भन्लान् त माओवादी-रास्वपा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय बसेका पुष्पराज शाहीदेखि तीर्थराज भट्टराईसम्मको भिजिट भिसाको फेहरिस्त सार्वजनिक भएको छ ।
सहसचिव तीर्थराज भट्टराईको भिजिट भिसा प्रकरण बाहिर आएपछि शाहीदेखि भट्टराईसम्मको भित्री कुराहरू सार्वजनिक भएका हुन् ।
बालकृष्ण खाण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, पुष्पकमल दाहाल ‘प्रचण्ड’, रामबहादुर थापा ‘बादल’ र रमेश लेखकसम्म गृहमन्त्री भएका बेलाको फेहरिस्त सार्वजनिक भएको छ । बालकृष्ण खाण गृहमन्त्री भएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखको भूमिकामा पुष्पराज शाही र बासुदेव घिमिरे रहेका थिए ।
गृह मन्त्रालयका अनुसार शाही १० महिना २५ दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा बस्दा १३९९० जना भिजिट भिसामा उडेको तथ्याङ्कबाट देखिएको छ ।


शाहीले कमाण्ड लिएका बेला प्रतिदिन औसत ४६६ जना भिजिट भिसामा विदेशिएको पाइन्छ । वन मान्छेको रूपमा परिचित शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रमुख सचिवको भूमिकामा छन् ।
अहिले रूपन्देहीको प्रमुख जिल्ला अधिकारी रहेका बासुदेव घिमिरे प्रमुख अध्यागमन अधिकृत हुँदा १८१९३ जना भिजिट भिसामा विदेशिएको तथ्याङ्कले देखाएको छ ।
६ महिना २९ दिन अध्यागमन बसेका घिमिरेको पालामा दैनिक औसत ६०६ जना देश छोडेर विदेश उडेका छन् ।
बालकृष्ण खाणपछि नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका थिए । नारायणकाजी श्रेष्ठको पालामा विमानस्थलको अध्यागमनमा ३ जना सहसचिव फेरिएका छन् । रामबन्धु सुवेदी, गोगनबहादुर हमाल र नरबहादुर थापा नारायणकाजीका बेलामा अध्यागमन अधिकृत भएका थिए ।
रामबन्धु सुवेदी प्रमुख अध्यागमन अधिकृत हुँदा भिजिट भिसामा १६९५८ जना विदेशिएको पाइन्छ । अध्यागमनको तथ्याङ्क अनुसार ५ महिना १२ दिन प्रमुख अध्यागमन अधिकृत भएर बसेका सुवेदीको पालामा दैनिक औसत ५६५ जना भिजिट भिसामा उडेका थिए । सुवेदी अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button