रामेछाप अस्पतालमा भएको स्वास्थ्य शिविरमा ९ सय जनाले लिए २ हजार बढी सेवा

रामेछाप । रामेछाप अस्पतालमा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिविरमा ९ सय जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार सम्पन्न भएका शिविरमा ५ सय १३ जना पुरुष र ३ सय ८७ जना महिलाले सेवा लिएका हुन । शिविरमा हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा ११४ जना, बाल रोग विशेषज्ञ सेवा ३५ जना, स्त्री तथा प्रसूती रोग विशेषज्ञ सेवा १०५ जना, नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा १२९ जना, शल्यक्रिया चिकित्सा विशेषज्ञ सेवा ४० जना, छाला रोग विशेषज्ञ सेवा १३४ जनाले लिएका छन् ।

यस्तै ईसिजी सेवा १३५ जना, भिआइए सेवा ५९ जना,मेडिसिन सेवा २९९ जना, आँखा रोग विशेषज्ञ सेवा २४४, फिजियोथेरापी स्वास्थ्य सेवा १५४ जना, भिडियो एक्सरे सेवा १७०, प्रयोगशाला सेवा १५४ जना र मुटु रोग सेवा ८३ जनाले लिएका छन ।
रामेछाप नगरपालिका, रामेछाप अस्पताल र निजामति कर्मचारी अस्पतालको आयोजनामा शिविर संचालन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर केशव श्रेष्ठले बताए । श्रेष्ठका अनुसार शिविरमा विभिन्न रोगहरुसँग सम्बन्धित विशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button