Trending

सुनापति गाउँपालिका शनिबार खुला रहने

रामेछाप । आउँदो शनिबार सुनापति गाउँपालिका कार्यालय खुला रहने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै कार्यालय खुला रहने जानकारी गराएको छ। प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार गाउँपालिका मातहतका सबै वडा कार्यालयहरूले पनि सो दिन सेवा सुचारु गर्नेछन्।
गाउँपालिकाबाट भुक्तानी लिन बाँकी रहेका उपभोक्ता समिति, सम्बन्धित व्यक्ति तथा संघ–संस्थाहरूलाई आवश्यक कागजातसहितको फाइल समयमै कार्यालयमा पेस गर्न आग्रह गरिएको छ।
श्रेष्ठले भनेका छन्, “सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले कार्यालय शनिबार पनि सञ्चालन गरिनेछ। भुक्तानी प्रक्रिया समयमै अघि बढाउन सम्बन्धित सबै पक्षको सक्रिय सहयोगको अपेक्षा छ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button