रसुवामा आएको बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार

काठमाण्डौ – नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक हराइरहेका छन् । बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ ।
अहिले ३० देखि ३५ कामदार फसेको, तर उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । रसुवाको गोसाईकुण्ड नगरपालिमा २ मा गएराति वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै टिमुरेमा रहेको भन्सार कार्यालय परिसर (यार्ड) नै बगाएको हो ।
श्रोत : उज्यालो अन्लाईन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button