ठेकेदार कम्पनिको लापरबाहीले काम सम्पन्न नहुदै बफर खोलाले निर्माणधिन सडक बगायो

रामेछाप । मन्थली नगरपालिका वडा ८ को चिसापानीमा पर्ने बफर खोलामा निर्माणाधिन सडक वगाएका कारण यात्रीहरुलाई समस्या परेको छ । मापदण्ड मिचेर खोलाको बहावलाई प्रभाव पार्ने गरी बनाइएको मन्थली–गेलु सडक खण्ड अन्तर्गत बफर खोला क्षेत्रको सडक निर्माणको क्रममा काम पुरा नहुँदै खोलाले बगाए पछि उक्त सडक भएर निममित यात्रा गर्ने सयौ यात्रीहरु समस्यामा परेका हुन्् ।
पूर्वाधार विकास कार्यालय मार्फत नागबेली कन्स्ट्रक्सनले निर्माण गर्दे गरेको सो सडक स्थानीय सरकार सँगको समन्वय बिना निर्माण गर्दे गरेको अवस्थामा बगाएको मन्थली नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
ठेकेदार कम्पनिले खोला मिचेर बनाइएको उक्त सडक बातावरणीय प्रभाव मुल्याँकन विनानै र स्थानीय तहसँग समेत कुनै समन्वय नगरी सोहि खोलाको ढुङ्गा, चोकर लगायतका सामाग्री प्रयोग गरेको पाईएपछि उतिबेलै स्थानीयले विरोध जनाएका थिए । तर स्थानीयको मागको वेवास्ता गर्दे ठेकेदार कम्पनीले आफनो कामलाई निरन्तरता दिँएको थियो ।
प्रकृतिको सामान्य नियमको समेत बेवास्ता गरी बनाएको सडक गाडी नचल्दै बगाएको मन्थली नगरपालिका–८ चिसपानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताए ।
ठेकेदार कम्पनीले उक्त सडक खण्डमा फाउण्डेसन निर्माण सहित २ सय ४५ मिटर सडक ढलानको ठेक्का कुल १ करोड २५ लाख रुपैँयामा लिएको थियो । खोला थुनेर सडक बनाएको कारण खोलामा आएको बाढीले उक्त सडक बगाएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । सडक बगाएका कारण अहिलेको बर्षादमा चनखु, गेलु, नाटिला र पुरानागाउँ गरि करिव आधा दर्जन जति वडा प्रभावित हुने भएका छन् ।
उपभोक्ताको समस्याका बारेमा वेवास्ता गर्दे खोला चेपेर ठेकेदारले खेत पट्टी खोला लगाइदिँदा आफुुहरुको खेत खोलकाको कटानमा पर्ने भन्दै तत्कालीन अवस्थामा उपभोक्ताहरुले वडा कार्यालय ठेकेदार कम्पनि सँग आग्रह गर्दा पनि कतै सुनुवाई नभएको वडा नं ११ का युवराज श्रेष्ठले बताए । तर खालेले बग्ने ठाउँ नपाए पछि सडक नै बगाउन सुरु गरेको छ । खोलाले सडक बगाएपछि मन्थलीबाट गेलु नाटिला जाने सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button