लामो समय देखि टहरामा बस्दै आएको ट्राफिक प्रहरी कार्यालय रामेछापले पायो आधुनिक भवन

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको सुविधा सम्पन्न भवन सञ्चालनमा आएको छ ।आज शुक्रवार मन्थली ट्राफिक चोकमा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले भवन उद्घाटन गरेका हुन् ।
गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको भवन निर्माणको लागि बागमती प्रदेश सरकारले रु ३ करोड ८४ लाख ३१ हजार १२३ रुपैयाँ ८८ पैसाको लागत अनुमान गरेर रु ३ करोड ८ लाख ४३ हजार ४२ रुपैयाँ २८ मा ठेक्का मार्फत निर्माण सम्पन्न गरेको हो ।
ट्राफिक भवन निर्माणको लागि २०८० साल असोज ०८ गते ब्रम्हयानी बिरुपाक्ष जेभी मन्थलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँग ठेक्का सम्झौता गरेको थियो । ठेक्का लागेको केही पछि निर्माण सामाग्री थपघट गरी पुनः ४ करोड २५ लाख ५२ हजार ३९४ रुपैयाँ ७७ पैसामा परिमार्जित सम्झौता गरेको थियो ।
६ सय ४२ दशमलव २२ वर्ग मिटर क्षेत्रफलमा निर्मित चार तल्ले भवनमा आधुनिक कार्यालय कक्ष, बैठक कोठा, डाइनिङ हल, कार्यालय प्रमुखको कक्ष, शौचालय, महिला र पुरुष प्रहरी ब्युरोकेन्जका छुट्टाछुट्टै व्यवस्थाहरू रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button