सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि घिमिरे परिवारले गरे जग्गा दान

रामेछाप । रामेछाप नगरपालिकाको वडा नं. ८ बाबियाखर्कामा सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय घिमिरे परिवारले जग्गा दान गरेका छन् ।
उद्धवप्रसाद घिमिरेले आफ्ना नाममा रहेको ०–१४–४–४ र लिलानाथ घिमिरेले ०–८–०–० आना जग्गा स्वास्थ्य केन्द्रका लागि उपलब्ध गराएका हुन् ।
जग्गाको लालपुर्जा स्वास्थ्य मन्त्रालयमा पेश गरेपछि भवनका लागि ४० लाख बजेट आउने र सो बजेटले ४ कोठाको भवन निर्माण हुने रामेछाप नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु बहादुर कार्कीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button