संविधान दिवसमा विविध कार्यक्रम हुने

रामेछाप । जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीको संयोजकत्वमा बसेको जिल्लास्तरीय कार्यक्रम आयोजक समितिको बैठकले असोज ३ गते संविधान दिवस २०७२ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
जिल्लाभरका राजनीतिक दल, सरकारी कार्यालय, सङ्घसंस्था, कलेज तथा विद्यालयहरूले नेपाल सरकारको राष्ट्रिय झण्डा नयाँ राख्ने व्यवस्था गर्न बैठकले आग्रह गरेको छ। असोज ३ गते बिहानदेखि साँझसम्म सबै निकायका कार्यालय तथा संस्थाहरूले दीप प्रज्वलन गर्ने र आफ्नो कार्यालय तथा घर–परिसरमा सरसफाइ गर्ने कार्यक्रम समेत तय गरिएको छ।
सोही दिन बिहान ९ बजे मन्थलीस्थित मदन आश्रित चोकबाट सुरु हुने ¥यालीमा जिल्ला समन्वय समिति, सरकारी कार्यालय, सरोकारवाला निकाय, विद्यार्थी र सर्वसाधारणको सहभागिता रहनेछ। ¥यालीपछि संविधानको कार्यान्वयनको महत्वबारे अन्तरक्रिया कार्यक्रम हुने पनि समितिले जनाएको छ।
संविधान दिवसकै अवसरमा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिने निर्णय भएको छ। साथै, भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने कार्यक्रम पनि आयोजना गरिने बैठकले निर्णय गरेको छ।
यस निर्णयमा सहभागी राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्था र सरोकारवाला निकायका प्रमुखहरूको हस्ताक्षर गरिएको छ।