काठमाडौँ प्रशासनको रातको समयमा यात्रा नगर्न आग्रह

काठमाडौँ असोज १७ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले यस अवधिमा काठमाडौंसहितका जिल्लामा भारी वर्षा हुने सम्भावना देखाएको छ। यसबाट बाढी, पहिरो र भू–क्षयजस्ता विपद्जन्य घटना हुनसक्ने भएकाले प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको हो।
जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “असोज १७ देखि २० गतेसम्म अत्यन्त जरुरी नभई सकेसम्म लामो दूरीको यात्रा नगर्नुहोस्। साथै काठमाडौंबाट बाहिरिने वा काठमाडौँ प्रवेश गर्ने महानुभावहरूले रातको समयमा यात्रा नगर्नुहुन अनुरोध छ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button