बागमती नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि थापाथली, टेकु दोभान र बल्खुका स्थानीयहरू बस्ती छाड्न थाले

१८ असोज काठमाडौ । अविरल वर्षाले बागमती नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि बागमती किनारका स्थानीयहरू बस्ती छाड्न थालेका छन् ।
थापाथली, टेकु दोभान र बल्खुका स्थानीयहरु आफ्ना सामान बोकेर घर छोड्न थालेका हुन् ।




