भटौलीको कल्चौँडेमा गाडी दुर्घटना ६ जना घाइते

२० असोज, रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीको कल्चौँडेमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि दुई बच्चासहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा लिखुतामाकोशी गाउँपालिका वडा नं. ३ बिजुलिकोट घर भएका विक्रम महत (चालक), एलिजा महत (बच्चा), श्रीमती यशोदा महत खाडाँदेवी गाउँपालिका वडा नं. २ घर भएका कल्पना केसी, प्रतिमा केसी (बच्चा) र रन्जना केसी रहेका छन् । विक्रम महत (चालक) छोरी एलिजा महत (बच्चा), थाप लाई उपचारको लागी काठमांडौ रेफर गरिएको मेसु डा. केशाव सिं धामीले जानकारी दिए । अन्य ४ जना घाइतेको अवस्था सामान्य रहेको धामीले बताए ।
घाइतेहरूको रामेछाप प्रहरीले उद्दार गरी प्रहरीको गाडीमा मन्थली अस्पताल ल्याएको थियो । दिउँसो करिब २ः०० बजेको समयमा खाँडादेवी गाउँपालिका तर्फबाट मन्थली तर्फ आउँदै गरेको इन्बोस्ट नम्बर (बिएसी) ७१५४ नम्बरको टाटाको इन्डिका गाडी कल्चौँडे भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए । न्यौपानका अनुसार उद्दार गरी प्रहरीले आफ्नै गाडीमा राखी मन्थली अस्पताल ल्याएको बताए ।



