Trending

सुरेश उदास बने नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्ष

रामेछाप । नेकपा नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित भएका छन् । तेस्रो साधारण सभा दोस्रो जिल्ला अधिवेशनबाट उदासको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा गठन भएको छ ।
दोस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा रुद्र श्रेष्ठ र निरा तामाङ, सचिवमा जय मानन्धर, उपसचिवमा विष्णुराज कडरिया र लक्ष्मी ढुंगेल, कोषाध्यक्षमा सरोज लामा र सह कोषाध्यक्ष मोहन कार्की निर्वाचित भएका छन् भने सदस्यहरुमा देवचन्द्र कठायत, पुरुषोत्तम बस्नेत, पर्वत बि क, सुवास फुयाँल, शम्भु बि क, कृष्ण लगुन, देवी बुढाथोकी, अस्बिन बोहरा, अर्जुन खत्री, माधव आरण र चेतमान तोलाङ्गे निर्वाचित भएका छन् ।
शुक्रवार मन्थलीमा सम्पन्न महासंघको अधिवेशनमा वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा, महासंघ रामेछापका अध्यक्ष पवन कठायतको अध्यक्षतामा भएको थियो । अधिवेशनमा नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button