Trending
सितारामको सहयोगमा १८ जना बालबालिकलाई विद्यालय पोशाक वितरण

रामेछाप । जिल्लाको श्री गौरीशङ्कर माध्यमिक विद्यालयमा अध्यनरत १८ जना टुहुरा, असहाय तथा जेहेन्दार बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ ।
रामेछाप नगरपालिका ८ निवासी सिताराम श्रेष्ठ हाल कामको शिलशिलामा जापानमा छन् । सितारामका आमा छत्र कुमारी श्रेष्ठले विद्यालयमा एक कार्यक्रम बीच पुगेर सर्ट, पाईन्ट, जुत्ता, मोजा र झोला बालबालिकालाई हस्तान्तरण गर्नु भयो ।
सिताराम आफैले अध्यन गरेको विद्यालयका टुहुरा, असहाय तथा जेहेन्दार बालबालिकाहरुका लागी पोशक सहयोग गरेका हुन् ।
पोशक वितरण कार्यक्रममा श्री गौरीशङ्कर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कमल विक्रम कार्कीले सहयोगी सितारामले गर्नुभएको प्रसम्सा गर्दै सहयोगको कदर गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा समेत रहेको बताए ।
सिताराम श्रेष्ठ रोजगारीको शिलशिलामा हाल जापानमा छन् ।



