Trending

कालिका माविले उचाल्यो छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

रामेछाप । दोरम्बा–शैलुङ गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्डको कालिका माध्यमिक विद्यालय, वडा नं. ६ ले उचालेको छ । प्रतियोगिताभरि अनुशासन र खेलप्रति समर्पण प्रस्तुत गरेको कालिका माविले यसपालिको रनिङ शिल्डलाई मात्र होइन, गाउँपालिकाभित्रको खेलकुद क्षमतालाई पनि नयाँ स्तरमा पु¥याएको छ।
कालिका माविले १३ स्वर्ण, ८ रजत र १२ कास्य पदक जितेर विजेताको स्थान ओगट्यो। विद्यार्थीहरूको तयारी, प्रतिबद्धता र सामूहिक भावनाले विद्यालयलाई अन्य प्रतिस्पर्धीभन्दा स्पष्ट रूपमा अगाडि बढाएको थियो । कन्ठेश्वर मावि, वडा नं. ३ ले ९ स्वर्ण, ४ रजत र ७ कास्य सहित बलियो चुनौती पेश गर्दै दोस्रो स्थान र भिमेश्वर मावि, वडा नं. ७ ले ५ स्वर्ण, ७ रजत र ४ कास्य पदकसहित तेस्रो स्थान सुरक्षित ग¥यो।
प्रतियोगितामा सहभागी अन्य विद्यालयहरूले पनि उत्कृष्ट प्रदर्शन गरे। अन्तर्राष्ट्रिय युवा वर्ष मावि वडा नं. ७ ले ३ स्वर्ण, १ रजत र ४ कास्य जित्यो। शिवलिङ्गेश्वर मावि वडा नं. ४ ले २ स्वर्णसहित ७ कास्य पदक बटुल्यो। सेतीदेवी मावि वडा नं. ५ ले २ स्वर्ण, ३ रजत र ९ कास्य हासिल गर्दै प्रभावकारी उपस्थिति देखायो। सन्जिवनि मावि वडा नं. १ ले १ स्वर्ण, २ रजत र ३ कास्य जित्यो । सुर्के देउराली मावि वडा नं. १ ले १ स्वर्ण, १ रजत र २ कास्य ल्यायो। त्यस्तै, खारपानी मावि वडा नं. ४ ले ४ रजत र २ कास्य र कालिकादेवी मावि वडा नं. २ ले ६ रजत र २ कास्य पदक जितेर प्रतियोगितामा सक्रियता देखाए।
समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले खेलकुद केवल प्रतियोगिता नभई विद्यार्थीको भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै पालिकाले आगामी वर्षहरूमा अझ सुदृढ खेल संरचना विकास गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार विद्यालयस्तरमै खेलकुदलाई मजबुत बनाउने नीति अवलम्बन गर्दा स्थानीय प्रतिभाहरू उजागर हुने र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहज वातावरण बन्ने छ ।

तेस्तै नि प्रमुख प्रशासकीय अधिकृत नरेश महतोले पालिकाले बिजयी बिधालय लाई बधाई दिदै यश प्रतियोगिता निरन्तर गर्ने भएको हुदा हारहुने बिधालयलाई निराश नभइ आगामी वर्ष जितका साथ सहभागी हुन अनुरोध गरे । समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खमला थापामगर, वडा नं १ का वडाध्यक्ष प्रेम कुमार लामा , वडा नं ६ का वडाध्यक्ष टीका प्रसाद गौतम, वडा नं ७ का वडाध्यक्ष प्रविन कुमार मोक्तान, गाउँपालिकाका कर्मचारी लगायत, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता गत बिहीवार उद्घाटन भाइ शनिबार सम्पन्न भएको थियो । प्रतियोगिता मा १० बिधालयको सभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button