Trending

एघारौँ उद्योग दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया

रामेछाप । एघारौँ उद्योग दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार भन्ने मूल नारा सहित उद्योग तथा वाणिज्य कार्यालय रामेछापले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उद्योग व्यवसाय प्रर्वधनका लागि दर्ता प्रत्रिया एकै स्थान बाट गर्ने गरि निति नियम बनाउन आवस्यक रहेको बताए ।
ऐन, निति नियम व्यवस्थित गर्न सकिएन, भने जस्तो बनाउन सकिएन संघ र प्रदेशको कानुन बाझिने हुदाँ भने जस्तो काम गर्न नसकिएको प्रदेश सांसद कुमार आनन्द श्रेष्ठले बताए ।
कार्यक्रममा विभिन्न आन्दोलन र आर्थिक मन्दीका कारण उद्योग व्यवसायमा प्रत्यक्ष असर परेको र असर कम गर्न सरकारले ठोस निर्णय लिन नसकेको उद्योगी व्यवसायीहरुले गुनासो राखेका थिए । उद्योग कलकारखाना बाटै देशको समृद्धि हुने भएपनि सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न तत्परता नदेखाएको व्यवसायीले गुनासो राखे । भूकम्प कोरोना महामारी र जिन्जी आन्दोलनको प्रभावले उद्योग व्यवसाय संकटग्रस्त अवस्थामा रहेको र संकट मुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउन उनीहरूले अनुरोध गरेका छन् ।
कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरुलाई सम्मान पनि गरिएको छ । उनीहरूको योगदानको प्रशंसा गर्दै थप सफलता हासिल गर्न प्रोत्साहन स्वरूप सम्मान गरिएको उद्योग तथा वाणिज्य कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button