११ औँ उद्योग दिवस अवसरमा तीन जना नव युवा उद्यमी सम्मानित

रामेछाप– ११ औँ उद्योग दिवस अवसरमा तीन जना नव युवा उद्यमी सम्मानित भएका छन् । चालु आवमा दर्ता भएका उद्योग मध्ये कम उमेरमा उद्योग व्यवसाय दर्ता गरि सञ्चालनमा रहेका तीन जना उद्यमी सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा बाणिज्य तर्फ थापा स्टेशनरी एण्ड सप्लायर्सकी व्यवसायी दिक्षा थापा, उद्योग तर्फबाट गुगल प्रीन्ट हाउस सञ्चालक सिमा मुग्राती र टुटेश्वर कृषि तथा पशुपंक्षी फर्मका कृषि व्यवसायी सुदिप खड्का रहेका छन् । सांसद आनन्द कुमार श्रेष्ठ लगाएतले खादा र अबिर लगाइ सम्मान गरेका हुन् ।
सम्मानित उद्यमीहरुले अन्य युवालाई पनि उद्यममा लाग्न सन्देश दिएको छ, युवाहरु विदेश पलायन बढ्दो क्रममा रहेका बेला सम्मानित तीन जना युवाहरुले स्वदेशमै उद्यमी मात्रै होइन उदाहरणीय बनेका छन् । विभिन्न चुनौति र समस्याका बिच ठूलो लक्ष्य र सपना बोकेर उद्योग खोल्नु चानचुने कुरा होइन, त्यसैले उनीहरुको लक्ष्यलाई प्रोत्साहन र उत्साह भर्न सम्मान गरिएको उद्योग तथा वाणिज्य कार्यालय रामेछापले जनाएको छ ।



