Trending

रामेछाप नगर आठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

रामेछाप । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूलनारासहित रामेछाप नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारबाट सुरु भएको छ ख। खेलकुदमार्फत विद्यार्थीको क्षमता पहिचान र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यसहित सुरु गरिएको उक्त प्रतियोगिताको उद्घाटन रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले गर्नुभयो। खेलकुदलाई शिक्षा र व्यक्तित्व विकासको अविभाज्य अंग ठहराउँदै उहाँले विद्यालय तहमै खेलप्रति रुचि अभिवृद्धि हुँदै गएको भन्दै यस कार्यक्रमले प्रतिभा खोजीमा महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गर्नुभयो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख न्यौपानेले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैली निर्माणका लागि खेल महत्वपूर्ण माध्यम भएको बताउनुभयो। “राष्ट्रपति रनिङ शिल्ड आर्थिक वर्षका हरेक चरणमा निरन्तरता पाउँदै आएको छ। यसले स्थानीय प्रतिभालाई उजागर गर्दै राष्ट्रिय खेलाडी जन्माउन सहयोग गरिरहेको छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार विद्यालयस्तरमै क्षमताको परीक्षण हुने भएकाले प्रतियोगिताले भविष्यका खेलाडी निर्माणमा आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, प्रतिस्पर्धासँगै एकआपसमा मित्रता, सहकार्य र खेल भावना मजबुत बनाउने अवसर पनि यो कार्यक्रमले दिन सक्ने उहाँको धारणा थियो ।

रामेछाप नगर खेलकुद विकास समितिको संयोजन तथा नगरपालिकाको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा नगरका सबै १३ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ। तीन दिनसम्म चल्ने उक्त प्रतियोगिता नगरपालिकाको वडा नं. ८ स्थित टुँडिखेल मैदानमा भव्य रूपमा जारी छ। विद्यार्थीहरुले भलिबल, कबड्डी, शर्टफुट, दौड प्रतियोगिता, ज्याभलिन थ्रोलगायत विभिन्न खेलकुदका विधामा प्रतिस्पर्धा गरिरहेका छन्। टुँडिखेलमा बिहानैदेखि रंगीन टोली, उत्साहसहितका विद्यार्थी, शिक्षक तथा अभिभावकको उपस्थिति बढ्दै गएको छ।

प्रतियोगिता सफल बनाउन सम्पूर्ण विद्यालय, खेलकर्मी, प्रशिक्षक तथा स्थानीयको सक्रियता उल्लेखनीय देखिएको छ। आयोजक संस्थाले प्रतिस्पर्धाबाट उत्कृष्ट खेलाडी छनोट गरी उच्च स्तरको प्रतियोगितासम्म पहुँच पु¥याउन दीर्घकालीन तालिम तथा अभिमुखीकरण समेत अघि बढाउने योजना साझा गरेको छ। खेलिहरुका उमङ्ग र उत्साहले रामेछाप भित्र खेलकुदप्रतिको भविष्य थप आशावादी देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button