Trending

खैरेनीघाट–दुम्जा सडकमा बेलिब्रिज जडान तीब्र तयारी

रामेछाप — पश्चिम रामेछापलाई बिपी राजमार्गसँग प्रत्यक्ष रूपमा जोड्ने मुख्य मार्ग मानिने खैरेनीघाट–दुम्जा सडक खण्डमा बेलिब्रिज जडानको प्रक्रिया तीव्रताका साथ अघि बढ्दैछ । सुनकोशी नदीमा गएको वर्ष असोज दोस्रो सातामा आएको भीषण बाढीले पक्की पुल बगाएपछि सडक अवरुद्ध हुँदै आएको यो क्षेत्रमा अब पुनः यातायात सञ्चालनको सम्भावना जीवित बन्दै गएको छ ।
पुल डुबानपछि सुनापति, दोरम्बा शैलुङ र खाँडादेवी गाउँपालिकाका स्थानीयले लामो समयदेखि काठमाडौँ आवत–जावत तथा अत्यावश्यक सेवासुविधा प्राप्तिमा गम्भीर कठिनाइ भोगिरहेका थिए । यातायात अबरुद्ध हुँदा बजार आपूर्ति, उपचार, आपतकालीन सेवा र दैनिक जीवन प्रभावित हुँदै आएको थियो ।यसबीच बेलिब्रिज जडानका लागि आवश्यक सामग्री निर्माणस्थलमै आइपुग्न थालेका छन् । खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार हेटौँडाबाट चारभन्दा धेरै गाडीमार्फत आवश्यक पार्ट स्थलमा भित्रिइसकेका छन् । “अहिले पनि सामग्री निरन्तर आइरहेका छन्, यसले पश्चिम रामेछापका बासिन्दाको वर्षौंदेखिको प्रतीक्षा अब टुङ्गिन लागेको संकेत गर्छ,” उनले भने । उनका अनुसार सामग्रीसँगै जडानपूर्व आवश्यक पूर्वाधार तयारी पनि तीव्ररूपमा अघि बढाइँदैछ । पुल जडान सम्पन्न भएपछि खाँडादेवी–१ राकाथुम हुँदै सिन्धुलीको सुनकोशी गाउँपालिका–१ सिधै जोडिनेछ । बिपी राजमार्गमार्फत काठमाडौँ, काभ्रे, सिन्धुलीसहितका क्षेत्रतर्फ सहज आवत–जावत हुने र व्यापारिक गतिविधि, सेवाप्रवाह तथा बजार पहुँचमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारसमणि हमालका अनुसार ६८ मिटर लम्बाइको बेलिब्रिज जडानका लागि आवश्यक सबै पार्ट ल्याउने काम अन्तिम चरणमा पुगेको छ । “बेलिब्रिजका सामानहरू स्थलमा भित्र्याउने प्रक्रिया चलिरहेको छ, जडान कार्य भने अझ सुरु भएको छैन,” उनले स्पष्ट गरे । उनका अनुसार अबको करिब एक साताभित्र जडान कार्य औपचारिक रूपमा प्रारम्भ हुने तयारी छ । प्रमुख हमालले सबै सामग्री स्थलमा पुगेपछि जडान प्रक्रिया सुरु भई २१ दिनभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । पुल सञ्चालनमा आएपछि लामो समयदेखि अस्तव्यस्त बनेको स्थानीय आवत–जावत पुनः सहज हुने र क्षेत्रीय आर्थिक गतिविधिमा नयाँ गति आउने स्थानीयको विश्वा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button