Trending

उमाकुण्ड रनिङ शिल्ड जारी

रामेछाप । जिल्ला उच्च हिमाली भेगमा अवस्थित उमाकुण्ड गाउँपालिकामा छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । वडा नं ३ कुँबुँकाँस्थलीको धोबीटार खेल मैदानमा ७ वटै वडाका २४२ जना छात्र छात्राले विभिन्न १२ विधाका खेलमा प्रतिस्पर्धा गरी रहेका हुन् ।

सोमबार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलसहित ७ वटै वडाका वडा अध्यक्षहरू लगायत पालिकाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको भव्य उपस्थितिमा तीन दिन संचालन हुने प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रत्येक वर्ष छुट्टा छुटै वडाहरूमा रनिङ शिल्ड प्रतियोगिता संचालन गरेर वडा स्तर सम्म खेलमैदान लगायत खेलकुदका संरचण तयार पार्न लागि परेको यो पालिकाले जिल्लाका अन्य स्थानीय तह भन्दा निकै राम्रो बजेट विनियोजन गरेर खेलकुदलाई संचालन गरिरहेको छ ।

खेल उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म खेल्न खेलाडी उत्पादन गर्न रनिङ शिल्ड निकै महत्त्वपूर्ण रहेको जिकिर गरे । उनले भौतिक विकासले मात्रै विकास सम्भवन नहुने तर्क गर्दै मानवीय सचेतनाको विकास गर्न आफूहरू लागेको बताए । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर गाउँपालिकाले दुई वटा अस्पतालहरू संचलान गर्न केन्द्रित रहेको सुनाउँदै अध्यक्ष सुनुवारले भने ‘एक रुपैयाँ पनि पैसा नलिई यहाँका स्थानीयहरूलाई उपचार गर्न पाउनु पर्छ भन्ने हिसाबले काम भइरहेको छ।’

जनप्रतिनिधिको रूपमा दोस्रो कार्यकाल बिताइरहेका अध्यक्ष सुनुवारले काम गर्ने क्रममा सबै तिर ध्यान पुर्यान नसकेकोमा माफी समेत माग्दै आगामी दिनमा ती कुरालाई जोड् दिइने बताए ।

त्यस्तै, उपाध्यक्ष सावित्री सुनुवारले गाउँपालिकाले खेल क्षेत्रको समृद्धिको लागि बजेटसँगै भौतिक संरचना निर्माण गर्न हरप्रयास गरिरहेको बताइन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले उमाकुण्ड गाउँपालिकाले खेलकुद क्षेत्रमा गरेको लगानी सिक्न र प्रशंसा गर्न लायक रहेको भन्दै प्रशंसा गरे । उनले गाउँपालिकाको नेतृत्वलाई खेलकुदका ‘विश्वपिता’ भनेर उद्घोष गरे ।

बुधवार सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुनेले मावि (टिम) ले नगद २० हजार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र जित्ने छ भने उपविजेता हुने टिमले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यस्तै तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफि र मेडल प्राप्त गर्ने छन् । यो प्रतियोगितामा भाग लिने खेलाडीहरूको बिमा समेत गराइएको आयोजक उमाकुण्ड खेलकुद विकास समितिले जानकारी दिएको छ ।

पहिलो दिनको खेल सम्पन्न नहुँदा सम्म वडा नं ६ गुप्तेश्वर स्थित कैलेश्वर माविले ४ स्वर्णसहित अग्रस्थानमा रहेको छ ।

भने, ३ स्वर्णसहित चण्डेश्वरी मावि पछ्याइरहेको छ। त्यस्तै, वडा नं ३ को जनतामा मावि १ स्वर्णसहित तेस्रो बनेर पछ्याइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button