Trending

रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुलीले छाडे रास्वपा, कांग्रेसमै फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी परित्याग गरेका छन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः कांग्रेसमै फर्किएका हुन्।
आज बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरे।

पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुलीले मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन् । प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दावेदार रहेपनि पछि आएकालाई टिकट दिएपछि पराजुली असन्तुष्ट बनेका थिए। मकवानपुरमा पार्टी निर्माणमा योगदान गरेकालाई पाखा लगाएर पछि आएकालाई टिकट दिएको भन्दै रास्वपाका धेरै कार्यकर्ता असन्तुष्ट भएका छन्।

कांग्रेस प्रवेश गरेपछि पराजुलीले रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने देखिएकाले कांग्रेसमा फर्किएको बताए । उनले भने, ‘रास्वपाको संगठन विस्तारमा धेरै दुःख गरेँ, तर त्यो पार्टी दुःख गर्नेका लागि होइन रहेछ, ‘पुँजीवादी सोच भएको पार्टीमा बस्न मन नलागेर कांग्रेसमा फर्किएँ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button