लेखनवृत्ति प्रतियोगितामा रामेछापका थापा भए प्रथम

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमालेले सञ्चालन गरेको ’झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को सम्बन्धमा प्रेस चौतारी नेपालले आयोजना गरेको लेखनवृत्ति प्रतियोगितामा रामेछापका निरोज थापा प्रथम भएका छन् । प्रथम स्थान हासिल गर्न सफल थापालाई प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनको अवसरमा संस्थाले पुरस्कृत गरेको छ ।
प्रेस चौतारी नेपालले थापालाई नगद पुरस्कार पच्चिस हजार सहित सम्मान पत्र द्वारा सम्मान गरेको छ ।
विभिन्न मिडियामा लामो समय कार्य अनुभव भएका थापा हाल बिजनेशपाना नामक अनलाईन पोर्टल तथा म्यागेजिनमा आवद्ध छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button