मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा आज रामेछाप नगर बालमैत्री घोषणा हुँदै

रामेछाप । रामेछाप नगरपालिका (आज) शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तयारीका सम्पूर्ण काम सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले जानकारी दिएका छन् । रामेछाप बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने नगरपालिका–८ को टुँडीखेलमा विशेष स्टेज बनाई आकर्षक ढंगले सजावट गरिएको छ ।
घोषणा समारोहका लागि मूल आयोजक समिति सहित १० वटा उपसमितिहरू गठन गरिएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा ३ हजारभन्दा बढी नागरिकको सहभागिता रहने अपेक्षा गरिएको छ ।
रामेछाप नगरपालिकाले २०७८ फागुन २ गतेदेखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्दै बाल अधिकारका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको हो । यसअघि नगरपालिकाका सबै ९ वटा वडाहरू जेठ २७ गते एकैसाथ बालमैत्री घोषणा भइसकेका थिए । जिल्लामा यसअघि मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button