मुगानमा एक महिलाको शव फेला

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुगानमा एक महिलाको शव फेला परेको छ । अन्दाजी वर्ष ५८ की चिनिमायाँ हायु घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । बिहिबार(आज) दिउँसो करिब २ बजेको समयमा प्रहरी चौकी रामेछाप डाँडालाई घटनाको बारेमा जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको हो ।
मृतकको शव पोष्टमार्टमका लागी रामेछाप अस्पताल लगिएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



