Trending

काँग्रेस रामेछापले आठै स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन गर्दै

रामेछाप । नेपाली काँग्रेसले रामेछाप जिल्लाका आठवटै स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन गरी आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान औपचारिक रूपमा सुरु गर्ने भएको छ।
फागुन २१ गते हुन गइरहेको निर्वाचनमा काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नेता रामचन्द्र खड्रकालाई विजयी गराउने उद्देश्यका साथ जिल्ला पार्टी नेतृत्वको निर्देशनअनुसार परिचालन समितिहरू गठन गरिएको नेपाली काँग्रेस रामेछापले जनाएको छ। ती समितिहरूले वडा तहसम्म संगठन विस्तार, मतदाता भेटघाट, घरदैलो कार्यक्रम तथा पार्टीका नीति, सिद्धान्त र कार्यक्रम जनतासमक्ष पुर्‍याउने जिम्मेवारी लिनेछन्।
पार्टीका अनुसार परिचालन समितिमा सम्बन्धित स्थानीय तहका अनुभवी नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र स्थानीय कार्यकर्तालाई समेटिनेछ। समितिहरूले स्थानीय तहमा देखिएका समस्या, जनताको आवश्यकता र विकासका प्राथमिकताका विषयमा प्रत्यक्ष संवाद गर्दै चुनावी अभियान अघि बढाउने योजना बनाएको छ।
नेपाली काँग्रेस रामेछापले लोकतन्त्रको रक्षा, सुशासन, विकास र जनजीविकाका सवाललाई मुख्य एजेन्डा बनाएर चुनावी गतिविधि सञ्चालन गरिने जनाएको छ। पार्टी नेतृत्वले संगठन सुदृढीकरण गर्दै सबै तहका कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा सक्रिय भूमिका खेल्न आह्वान समेत गरेको छ।
काँग्रेसले स्थानीय तह केन्द्रित अभियानमार्फत जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै निर्वाचनमा सकारात्मक परिणाम हासिल गर्ने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button