• पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना : १३ को मृत्यु, ३४ घाइते


    गन्तब्य

    बैतडी — बैतडीको पुर्चौडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । शुक्रबार बिहानसम्म १३ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस बिहीबार राति अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो ।…

    Read More »
  • गौश्वाराबासीको एउटै माग– सडक विकास


    गन्तब्य

    अप्रिल अधिकारी, रामेछाप (गौश्वारा) । रामेछापको दुर्गम क्षेत्र मानिने दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वाराका स्थानीयले सडक विकासमा राज्यको चासो नपुगेको गुनासो गरेका छन्। पटक–पटक सरकार फेरिए पनि गौश्वाराको अवस्था नफेरिएको उनीहरूको भनाइ छ। स्थानीय रोशन थापा मगरका अनुसार व्यवस्था परिवर्तन र संघीयता आए पनि गौश्वारामा अपेक्षित विकास हुन सकेको छैन। “धेरै सरकार बने, व्यवस्था फेरियो तर हाम्रो गाउँ सधैं ओझेलमै पर्‍यो,”…

    Read More »
  • कांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा प्रतिनिधि


    अन्य

    काठमाडौँ । दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश भित्रका…

    Read More »
  • एमाले रामेछापद्वारा बलियो चुनावी संरचना निर्माण, अनुशासन उल्लङ्घनमा दुई नेता कारबाहीमा


    गन्तब्य

    रामेछाप । नेकपा (एमाले) रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर सशक्त र व्यवस्थित चुनावी संरचना निर्माण गरेको छ। पार्टीले सम्पूर्ण शक्ति निर्वाचन परिचालनमा केन्द्रित गर्ने निर्णय समेत गरेको छ।शनिबार मन्थलीमा सम्पन्न एमाले जिल्ला कमिटी रामेछापको सातौँ विस्तारित बैठकले उक्त निर्णय गरेको हो। बैठक जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा केन्द्रीय कमिटी सदस्य माधवप्रसाद ढुङ्गेलको…

    Read More »
  • पाँचौँ बागमती प्रदेशस्तरीय कराँते प्रतियोगितामा लुभु डोजो पहिलो


    कला

    ललितपुर — आईडब्लुएफएन कराते डो संघ शाखा डोजो ठैब, ललितपुरको आयोजनामा सम्पन्न पाँचौँ बागमती प्रदेशस्तरीय कराँते प्रतियोगितामा लुभु डोजो पहिलो भएको छ । दुई दिने प्रतियोगितामा लुभु डोजोले ७ स्वर्ण, ६ रजत र ८ कास्य पदक जित्दै शीर्ष स्थान हासिल गर्‍यो ।ठैबस्थित आईडब्लुएफएन डोजोले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदकसहित दोस्रो स्थानमा चित्त बुझायो भने कलैया डोजो ४…

    Read More »
  • उमाकुण्ड आइडल नृत्य विधातर्फ विद्यार्थी छनोट सुरु


    गन्तब्य

    रामेछाप — उमाकुण्ड गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको उमाकुण्ड आइडल कार्यक्रम अन्तर्गत नृत्य विधातर्फ विद्यार्थी छनोट प्रक्रिया सुरु भएको छ। स्थानीय तहमा लुकेर रहेका बालबालिकाका प्रतिभाको पहिचान, प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको गाउँपालिकाले जनाएको छ।सोही क्रममा उमाकुण्ड गाउँपालिका–४ प्रितीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयको आयोजनामा माघ १५ गते फिडर विद्यालयहरूको सहभागितामा वडा स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ।…

    Read More »
  • विद्यालयस्तरमा ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन


    गन्तब्य

    रामेछाप । अस्थायी ट्राफिक प्रहरी पोष्ट सेलेघाट, खिम्ती र सित्खाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित विद्यालयस्तरमा ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गरेका छन् ।मजनजागृति माध्यमिक विद्यालय खिम्ती, जखनस्थान आधारभूत विद्यालय सित्खा तथा खाँडादेवी आधारभूत विद्यालय सेलेघाटमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आज बिहिवार ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरिएको हो ।कार्यक्रममा सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक चिन्हहरूको अर्थ, पैदलयात्रीको भूमिका…

    Read More »
  • खाँडादेवी रनिङ शिल्ड – भिमेस्वरको दबदबा, प्रयागेश्वर नजिकैको प्रतिस्पर्धी


    अन्य

    रामेछाप । खाँडादेवी गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिमेस्वर माध्यमिक विद्यालयले पदक तालिकामा अग्रता कायम गरेको छ। आइतबारसम्म सम्पन्न खेलहरूमा भिमेस्वर माविले ८ स्वर्ण, ३ रजत र ४ कास्यसहित कुल १५ पदक जित्दै सबै विद्यालयलाई पछि पारेको हो।कुल ३० स्वर्ण पदकका लागि भइरहेको प्रतिस्पर्धामा प्रयागेश्वर माध्यमिक विद्यालय भने भिमेस्वरलाई कडा चुनौती दिइरहेको छ। प्रयागेश्वरले ६ स्वर्ण, ६ रजत…

    Read More »
  • “रामेछापमा एमालेको नयाँ उम्मेदवार, प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता”


    गन्तब्य

    रामेछाप — नेकपा (एमाले) ले रामेछाप जिल्लाबाट आगामी निर्वाचनका लागि उम्मेदवार घोषणा गरेपछि नेता तथा पूर्व अनेरास्ववियु केन्द्रीय अध्यक्षले आफ्नो उम्मेदवारीप्रति जनसमर्थनको अपिल गरेका छन्।करिब १५ वर्षअघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका उहाँ पार्टी केन्द्रीय कमिटीमा एकताको कालसहित चार पटक निर्वाचित भइसकेका अनुभवी नेता हुन। आफ्ना राजनीतिक यात्रा संघर्ष, निरन्तरता र सक्रियताले भरिएको उल्लेख गर्दै उनले आफू धुलो–मैलोबाट उठेको गाउँको मान्छे…

    Read More »
  • निर्वाचन आयोगद्वारा गगन थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापति मान्यता


    गन्तब्य

    काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो।काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बहुमत प्रतिनिधिहरूको समर्थनसहित गगन थापा सभापतिमा चयन भएका थिए।आयोगले महाधिवेशनसम्बन्धी सम्पूर्ण कागजात, निर्णय र प्रमाणहरू अध्ययन गरेपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता…

    Read More »
Back to top button