गन्तब्य

  • तामाकोशीको छालमा विलाए १२ सपना


    रामेछाप । मङ्गलबार बिहान करिब ११ बजे । रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर । तल तामाकोशी नदी आफ्नै लयमा सुसाउँदै बगिरहेको थियो । सडकमा एउटा नीलो र सेतो रङको बस (प्रदेश ०३–०१–००५ ख ९९७५) तीव्र गतिमा गुडिरहेको थियो । काठमाडौँबाट ओखलढुङ्गातर्फ मोडिएको त्यो बसमा २० जना यात्रु थिए ।तर, भलुवाजोरको त्यो एउटा अभागी मोडमा पुगेपछि बसको चक्काले सडक छोड्यो ।…

    Read More »
  • रामेछाप बस दुर्घटना: तामाकोशीमा बस खस्दा १२ जनाको मृत्यु


    रामेछाप । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस मङ्गलबार बिहान रामेछापको मन्थली नगरपालिका-६ स्थित भलुवाजोरमा दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो। प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस बिहान करिब ११ बजे त्रिवेणी नजिकैको क्षेत्रबाट नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनास्थलबाट हालसम्म…

    Read More »
  • १७ महिनापछि खैरनीघाटमा फर्कियो उत्साह


    रामेछाप । गत वर्ष असोजको बाढीले खैरनीघाटको पक्की पुल मात्र बगाएको थिएन, पश्चिमी रामेछापको लाइफलाइन नै चुँडाएको थियो । सुनकोशीको उर्लंदो भेलले सिङ्गो जिल्लालाई बीपी राजमार्गसँग जोड्ने मुख्य कडी छियाछिया पारेपछि रामेछापेलीका १७ महिना सास्तीमै बिते । तर, लामो प्रतीक्षा र पटक–पटकको दबाबपछि अन्ततः खैरनीघाटमा बेलिब्रिज तयार भएको छ र शनिबारदेखि सवारीसाधनहरूको ओहोरदोहोर सुरु भएको छ ।पुलको संरचना तयार भएर…

    Read More »
  • रामचन्द्रलाई जिताउन मैदानमा उत्रिए कान्छाराम


    रामेछाप । नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आगामी निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई जिताउन आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन्। कांग्रेसको घरदैलो अभियानका क्रममा कार्यकर्ता र मतदातालाई सम्बोधन गर्दै सभापति तामाङले खड्काको विजय आफ्नो प्रतिष्ठा र जीवनसँग जोडिएको भन्दै निकै अभिव्यक्ति दिएका हुन्।चुनावी अभियानको सिलसिलामा आयोजित सभामा बोल्दै…

    Read More »
  • फागुन १ देखि २१ सम्म गाउँमै केन्द्रित हुन कांग्रेस केन्द्रीय सदस्य घिमिरेको निर्देशन


    रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुरा प्रसाद घिमिरेले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई फागुनको पहिलो दिनदेखि नै गाउँमै सक्रिय रहन कडा निर्देशन दिएका छन्। नेपाली कांग्रेस रामेछापको प्रचार–प्रसार शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनको यो संवेदनशील समयमा मतदातासँगको प्रत्यक्ष संवाद र घरदैलो कार्यक्रमलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा…

    Read More »
  • जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा डा. भुसाल निर्वाचित


    काठमाडौं । जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को अध्यक्षमा नेपाल जाइका अलमनाई एसोसिएसन (जान) का अध्यक्ष डा. रामचन्द्र भुसाल निर्वाचित भएका छन् ।श्रीलंकाको राजधानी कोलम्बोमा भएको ३ दिने ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक अन्तर्राष्ट्रिय सेमिनार पश्चात भएको सार्क क्षेत्रका जाइका अलमनाई (जाफ्स) को निर्वाचनमा डा. भुसाल निर्विरोध निर्वाचित भएका हुन् । सार्क क्षेत्रका…

    Read More »
  • भड्किलो ‘भोज’ भन्दा खेतबारीको ‘भेट’ प्यारो


    रामेछाप । यतिबेला रामेछापको पहाडी बस्तीहरूमा उम्मेदवारहरुले एउटा भिन्नै खालको सन्देश बोकेर हिँडेका छन् । फागुनको महिना, न त धेरै जाडो, न त निकै गर्मी। तर, राजनीतिक पारो भने बिस्तारै उकालो लाग्दैछ। आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अब केवल २४ दिन बाँकी रहँदा जिल्लाका भित्री गल्लीदेखि बजारका चौतारीसम्म चुनावी चर्चाले ठाउँ पाएको छ।यद्यपि, यसपटकको रामेछापको…

    Read More »
  • पिँङ्खुरीमा पूर्व वडाध्यक्षसहित ४० एमाले कार्यकर्ता कांग्रेस प्रवेश


    रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका–१ पिँङ्खुरीमा नेकपा एमाले परित्याग गरी ठूलो संख्यामा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पूर्व वडाध्यक्ष सुवास भण्डारीको नेतृत्वमा करिब ४० जना एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। नेपाली कांग्रेस रामेछापका प्रतिनिधिसभा उम्मेदवार रामचन्द्र खड्काको चुनावी प्रचार तथा घरदैलो कार्यक्रमअन्तर्गत आइतबार पिँङ्खुरीमा आयोजित कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्। नवप्रवेशी कार्यकर्ताहरूलाई उम्मेदवार खड्का र पार्टीका कार्यवाहक…

    Read More »
  • मन्थलीमा बोलेरोले किच्दा १४ महिनाका बालकको ज्यान गयो


    रामेछाप — मन्थली नगर क्षेत्रमा शनिबार बिहान बोलेरो गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ। आफ्नै घर अगाडि खेलिरहेका १४ महिनाका बालकलाई बोलेरोले किच्दा गम्भीर घाइते भएका थिए।प्रहरीका अनुसार मन्थली बजारबाट आकाशेतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–८ च १२७२ नम्बरको बोलेरोले मन्थली अस्पताल नजिकै बालकलाई ठक्कर दिएको हो। दुर्घटनापछि बालकलाई तत्काल मन्थली अस्पताल लगिएको थियो।अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि…

    Read More »
  • नागरिकको घरदैलोमै चिकित्सक र औषधि


    रामेछाप । रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले पछिल्लो समय स्वास्थ्य सेवाको परिभाषा नै बदल्ने प्रयास गरेको छ। सामान्यतया बिरामी अस्पताल पुग्ने परम्परा रहे पनि यो चिकित्सालयले भने चिकित्सक र औषधिसहितको टोलीलाई नागरिकको घरदैलोमै पु¥याएर सेवा दिन थालेको छ। यसअघि गाउँ–गाउँमा पुगेर केवल स्वास्थ्य परामर्श र सामान्य चेकजाँचमा सीमित रहेको यो अभियान अहिले ‘उपचारसहितको घरदैलो’ मा रूपान्तरण भएको छ, जसले अस्पतालसम्म…

    Read More »
Back to top button