समाचार
GEN-Z आन्दोलनमा फरार रहेका कैदीलाई पुनः करणी मुद्दामा पक्राउ
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, GEN-Z आन्दोलनका क्रममा बाल सुधार गृह भक्तपुरबाट फरार रहेका एक जना कैदीलाई पुनः पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार २०८३ साल वैशाख ३१ गते दिउँसो करिब १२:३० बजे जिल्ला अदालत रामेछापबाट जबरजस्ती करणी मुद्दामा ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेका प्रतिवादी विक्रम भुजेल फरार भएका थिए। उनीमाथि १८…
Read More »रामेछापका युवालाई काठमाडौँमा ड्राइभिङ तालिम
काठमाडौँ । रामेछापको सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत युवाहरूलाई लक्षित गरी सञ्चालन गरेको हलुका सवारी चालक (’बि’ वर्ग) को ड्राइभिङ तालिम प्रभावकारी रूपमा अगाडि बढिरहेको छ । गत वैशाख १५ गतेदेखि सुरु भएको उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूले व्यावहारिक तथा सैद्धान्तिक रूपमा गुणस्तरीय प्रशिक्षण प्राप्त गरिरहेका छन् । ग्रामीण क्षेत्रका युवाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर, दक्ष…
Read More »पर्यटन प्रवद्र्धनका सम्भावना र चुनौतीबारे मन्थलीमा छलफल
रामेछाप । रामेछापलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यहाँका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको पूर्वाधार विकास र व्यापक प्रचार–प्रसार गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन कार्यालय काठमाडौँको आयोजनामा शनिबार सदरमुकाम मन्थलीमा आयोजित ‘मिट द पिपुल प्रोग्राम–२०८३’ अन्तर्गतको अन्तरक्रियामा सहभागीहरूले यस्तो सुझाव दिएका हुन् । जिल्लास्थित पर्यटन व्यवसायी, जनप्रतिनिधि र सरोकारवाला उपस्थित कार्यक्रममा…
Read More »उमाकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ । शनिबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरे ।भौगोलिक रूपमा विकट यस गाउँपालिकाले चालु आर्थिक वर्षको चैत १२ गतेभित्रै सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य राखेको थियो । सोही…
Read More »नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पक्राउ
काठमाडौ। दुरसञ्चारसम्बन्धी ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।काठमाडौँको रक्तकाली घर भई हाल ललितपुर–५ मानभवन बस्ने ६३ वर्षीय पाण्डेलाई मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट मङ्गलबार राति पक्राउ गरिएको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए…
Read More »सहकारीको मोबाइल बैङ्किङ कारोबार सीमामा वृद्धि
रामेछाप । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने नीति अनुरूप सहकारी संस्थाहरूले प्रदान गर्ने मोबाइल बैङ्किङ सेवाको कारोबार सीमामा वृद्धि गरेको छ। नयाँ निर्देशन अनुसार अब सहकारीका सदस्यहरूले मोबाइल बैङ्किङ मार्फत एक पटकमा १ लाख रुपैयाँ र दैनिक ३ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन्।यसअघि सहकारीहरूको मोबाइल बैङ्किङ कारोबार सीमा तुलनात्मक रूपमा कम हुँदा ठुला…
Read More »रामेछापमा एसइईको ‘चार जिपिए’ उत्सव, बोर्डिङको निरन्तर दबदबा र ग्रामीण शिक्षाको बदलिँदो चित्र
रामेछाप । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले रामेछापमा शिक्षा क्षेत्रको एउटा रोचक चित्र देखाएको छ । जिल्लाका १० विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थी सार्वजनिक भएपछि शिक्षा क्षेत्रमा उत्साह मात्र होइन, विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा पनि बढेको छ । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका विद्यालयबाट कुल ३६ जना विद्यार्थीले ४…
Read More »कालिका मा.बि. रिष्ठेमा श्रमबार सुरु
रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ६ रिष्ठेस्थित कालिका माध्यमिक विद्यालयले श्रमबार सुरु गरेको छ। प्रत्येक महिनाको अन्तिम शनिबार विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय, समाजसेवी र जनप्रतिनिधि लगायतको उपस्थितिमा श्रम गर्ने विद्यालयका प्रधानाध्यापक एन प्रसाद ढुंगेलले जानकारी दिए। ढुंगेलका अनुसार श्रमबारको दिन विद्यालयको वरिपरि सरसफाइ गर्ने, फूलबारी बगैँचा बनाएर हरियाली वातावरण बनाउने साथै विद्यार्थीहरूलाई श्रमसँग जोडिने सिकाइ सिकाउने लक्ष्य…
Read More »चुनौतीका चाङबीच सम्भावनाको खोजी
रामेछाप । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पारेर सदरमुकाम मन्थलीमा आइतबार “स्थानीय पत्रकारितामा प्रेस स्वतन्त्रता र चुनौतीको अवस्था“ बिषयक महत्त्वपूर्ण बहस संचालन गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको आयोजनामा भएको यस अन्तरक्रियामा सहभागीहरूले पत्रकारिता क्षेत्रले भोग्नुपरेका बहुआयामिक संकट र आगामी बाटोबारे गम्भीर विमर्श गरे।कार्यक्रममा पत्रकार महासंघको वर्ष २०८३ को भित्ते पात्रो सार्वजनिक मात्र गरिएन, जिल्लाको समग्र सञ्चार…
Read More »मन्थलीको सार्वजनिक सुनुवाइ: विकास निर्माणमा नागरिकको चासो
रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको समीक्षा गर्दै आफ्नो वित्तीय र भौतिक प्रगतिको खाका सार्वजनिक गरेको छ। वडा नं. ८ मा आयोजित एकीकृत घुम्ती शिविर सहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाको समग्र वस्तुस्थितिबारे जानकारी दिइएको हो। यस अवधिमा नगरपालिकाको पुँजीगत खर्चको अवस्था भने तुलनात्मक रूपमा निकै कमजोर देखिएको छ, जहाँ विकास निर्माणका लागि छुट्याइएको बजेटको…
Read More »