समाचार
रामेछापको राष्ट्रपति रनिङ शिल्ड मन्थली नगरपालिकाले उचाल्यो
रामेछाप । १३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खाडादेवी गाउँपालिकामा सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा खाडादेवी गाउँपालिका समन्वयमा वैशाख ९ देखि ११ गतेसम्म सञ्चालित प्रतियोगितामा विभिन्न स्थानीय तहबीच कडा प्रतिस्पर्धा देखिएको थियो।६६ पदकका लागि भएको प्रतिस्पर्धामा मन्थली नगरपालिका सर्वाधिक सफल बन्दै रनिङ शिल्ड उचाल्न सफल भयो। मन्थलीले ३२ स्वर्ण, २४ रजत र ३१ कास्यसहित कुल ८७…
Read More »पर्यटन व्यवसायी संघमा थपलियाको नयाँ टोली सर्वसम्मत
मन्थली । रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको तेस्रो अधिवेशनले गणेश थपलियाको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण चौलागाईं, खुला उपाध्यक्षमा मेनुका महत र महिला उपाध्यक्षमा सुमिका श्रेष्ठ चयन भएका छन्। महासचिवमा मनोजकुमार श्रेष्ठ, सचिवमा उमेश श्रेष्ठ र सह–सचिवमा सुमन खड्का चयन भएका छन्। यस्तै कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सह–कोषाध्यक्षमा मन्दिरा कर्माचार्य…
Read More »रामेछापमा ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न
रामेछाप । नेपाली सेना को मध्यपूर्वी पृतना अन्तर्गत हिमाली तथा पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक र हिताधिकारीहरू सहभागी ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ को अन्तिम चरण रामेछापमा सम्पन्न भएको छ। ‘सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने नारासहित आयोजित सम्मेलन खड्गदल गण, रामेछापमा सञ्चालन गरिएको थियो। कार्यक्रममा बलाधिकृत रथी प्रदिपजंग केसी को नेतृत्व रहेको थियो। सम्मेलनमा करिब ६ हजार ५…
Read More »नेपाल मगर संघ रामेछापको अध्यक्षमा अनन्त पुलामी
रामेछाप । नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापको नवौँ अधिवेशनबाट अनन्त पुलामी अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। चैत्र २८ गते शनिबार मन्थलीमा सम्पन्न अधिवेशनले सर्वसहमतिका आधारमा नयाँ कार्यसमिति चयन गरेको हो।अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भिम ल्हाय मगर, उपाध्यक्षमा सन्तोस थापा मगर, महिला उपाध्यक्षमा अन्जना राना मगर चयन भएका छन्। त्यसैगरी सचिवमा रामहरी जर्घा मगर, सह–सचिव (महिला)मा मनकुमारी मगर र सह–सचिवमा…
Read More »रामेछाप ट्राफिकको सूचना: जरिवाना नतिरेका चालकलाई ७ दिनभित्र कागजात फिर्ता लैजान आग्रह
रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी नियम उल्लङ्घनका क्रममा नियन्त्रणमा लिइएका कागजात फिर्ता लैजान सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ। कार्यालयका अनुसार विभिन्न मिति तथा समयमा सवारी चेकजाँचका क्रममा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा (२) बमोजिम २४ घण्टे पुर्जी दिइएको भए पनि तोकिएको समयमा जरिवाना रकम दाखिला नगर्ने सवारी चालकहरूलाई लक्षित गर्दै…
Read More »घरेलु हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग, श्रीमान् पक्राउ
रामेछाप । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले घरेलु हिंसाबाट पीडित एक महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ। गोकुलगंगा गाउँपालिका–६, फर्पुकी ३४ वर्षीया शर्मिला तामाङलाई उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरिएको हो। इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले आइतबार मन्थलीस्थित मन्थली नगर अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ…
Read More »दोरम्बा शैलुङमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, २ सय नागरिक लाभान्वित
रामेछाप, चैत २२ — दुर्गम बस्तीका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले दोरम्बा शैलुङ गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।शनिबार सञ्चालन गरिएको शिविरमा गाउँपालिकाका विभिन्न वडाका करिब २ सय जनाले सेवा लिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए। उनका अनुसार शिविरमा बिरामीहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा निःशुल्क…
Read More »रामेछाप उद्योग वाणिज्य संघमा प्रकाश कुमार श्रेष्ठ निर्वाचित
रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ फराकिलो मतान्तरसहित विजयी भएका छन् । शुक्रवार जिल्ला समन्वय समितिको प्राङ्गणमा सम्पन्न मतदानमा उनले निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान कार्यसमितिका महासचिव कुमार श्रेष्ठलाई ५२९ मतको अन्तरले पराजित गरेका हुन् ।निर्वाचनमा खसेको कुल १ हजार ३६२ मतमध्ये प्रकाशकुमार श्रेष्ठले ९३२ मत प्राप्त गर्दा कुमार श्रेष्ठ ४०३ मतमा सीमित भए । २७ मत बदर…
Read More »रामेछाप उद्योग वाणिज्य संघः अध्यक्षको निर्वाचन ’पाँच पूर्व’ विरुद्ध ’एक वर्तमान’ को लडाइ
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ९ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ । अन्य महत्वपूर्ण पदहरूमा व्यवसायीहरूबीच सहमति’ जुटे पनि मुख्य नेतृत्व (अध्यक्ष) का लागि भने प्रतिष्ठाको लडाइँ सुरु भएको छ ।अध्यक्ष पदका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र निवर्तमान महासचिव कुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। यो भिडन्त केवल दुई व्यक्तिबीच मात्र नभई संस्थाका ’हस्ती’…
Read More »रामेछाप उद्योग वाणिज्य संघको १५औँ साधारण सभा तथा नवौँ जिल्ला अधिवेशन सुरु
रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको १५औँ साधारण सभा तथा नवौँ जिल्ला अधिवेशन मन्थलीमा शुक्रबारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीले गरिन्।अधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न साधारण सभाले महासचिव कुमार श्रेष्ठद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष झनक बुढाथोकीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।अधिवेशनले आगामी कार्यकालका लागि १५ सदस्यीय नयाँ…
Read More »