Trending

पर्यटन व्यवसायी संघमा थपलियाको नयाँ टोली सर्वसम्मत

मन्थली । रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको तेस्रो अधिवेशनले गणेश थपलियाको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण चौलागाईं, खुला उपाध्यक्षमा मेनुका महत र महिला उपाध्यक्षमा सुमिका श्रेष्ठ चयन भएका छन्। महासचिवमा मनोजकुमार श्रेष्ठ, सचिवमा उमेश श्रेष्ठ र सह–सचिवमा सुमन खड्का चयन भएका छन्। यस्तै कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सह–कोषाध्यक्षमा मन्दिरा कर्माचार्य रहेका छन्। सदस्यहरूमा सुजन श्रेष्ठ, सबिन कार्की, कुमार बस्नेत, बिनोद घिमिरे, कमल बस्नेत र शारदा बस्नेत कार्की चयन भएका छन्।

रामेछापको मन्थलीमा बैशाख ५ गते सम्पन्न अधिवेशनको उद्घाटन गर्दै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि नगरपालिकाले सहकार्य गर्ने बताए। उनले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि व्यवसायीबाट ठोस सुझाव आवश्यक रहेको उल्लेख गरे।

नगरपालिकाले विभिन्न वडामा होमस्टे सञ्चालनका लागि सहयोग गरेको भए पनि पछिल्लो समय केही होमस्टे बन्द हुने अवस्थामा पुगेको उनले बताए। ती होमस्टेलाई पुनः सञ्चालनमा ल्याउन सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

संघका अध्यक्ष कबिन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघलाई सहयोग गर्ने विभिन्न निकायलाई सम्मान गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button