समाचार
रेस्टले सम्पन्न गर्यो १६ दिने लङ्गिक हिंसा विरुद्धको अभियान
रामेछाप । रेस्ट पैरवी समूहको आयोजनामा १६ दिने लङ्गिक हिंसा विरुद्धको अभियान गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीमा सप्पन्न भएको छ । नामाडी वडा कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा पैरवी समूह रामेछापकी संयोजक सरिता खड्काको अध्यक्षतामा भएको थियो । सम्पन्न कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष दिपक कार्की, वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, वडा मेलमिलाप अध्यक्ष , विद्यालय बालक्लब अध्यक्ष, प्रहरी…
Read More »शैक्षिक सुधारका लागि सिकाई मेला
रामेछाप । गोकुलगंगा गाउँपालिकाले शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला– २०८१ को आयोजना गरेको छ ।सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सहयोगमा गोकुलगंगा गाउँपालिकाले पालिकामा भएका ३३ वटा विद्यालयहरूलाई सहभागी गराएर प्रारम्भिक बालविकास सिकाई मेला–२०८१ को आयोजना गरेको हो ।मेलामा बालबालिकाहरू द्वारा निर्माण गरिएका शिक्षण सिकाई क्रियाकलाप अन्तर्गतका सामाग्रीहरू र परम्परागत समाग्रीहरु…
Read More »आधुनिक कृषि साकोसले सक्यो १४ औ वार्षिक साधारण सभा
रामेछाप । आधुनिक कृषि साकोसले मन्थली स्थित समन्वय समितिमा १४ औ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साकोसको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्की खड्काले गरिन् । खड्काले आधुनिक कृषि सहकारीले कृषकहरूलाई व्यवसायी बनाउन गरेको प्रयासको सराहना पनि गरिन् । उनले पछिल्लो समयमा सहकारीले शेयर सदस्यहरू र त्यसमा पनि ठुलो सङ्ख्यामा महिलाहरू लाई आधुनिक कृषि…
Read More »‘मागे जति बजेट पाईन्छ भन्ने मानसिकताबाट मुक्त रहौँ’
रामेछाप । राज्यको कुनै पनि संयन्त्र लाई मन्त्री हुनुवित्तिकै मागे जति बजेटको व्यवस्था हुन्छ भन्ने मानसिकता बाट मुक्त रहन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) ले आग्रह गरे । आइतबार मन्थली नगरपालिकाको १० औँ नगर स्थापना दिवस समारोहको उद्घाटन सत्रका अवसरमा बोल्दै उनले भने, रामेछापको विकासका लागि आफूले आफ्नो र अर्काको नभनी निष्पक्ष भएर भूमिका निर्वाह गर्दे आएको जानकारी…
Read More »उमाकुण्ड गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरीले जित्यो
रामेछाप । उमाकुण्ड गाउँपालिकामा पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पालिकाको वडा नं. ४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयले जितेको छ । लगातार तेस्रो पटक पालिकाका अन्य ६ वटा माविलाई पछि पार्दै चण्डेश्वरीले शिल्ड जितेको हो। गत बुधवार पालिकाको वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा…
Read More »दुर्घटना अपडेट : ३ घाइते काठमाडौँ पठाइयो, बालकको खुलेन परिचय
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा शुक्रवार भएको फोर्स गाडी दुर्घटनाका घाइते तीनै जनालाई काठमाडौँ पठाइएको छ । मन्थलीमा सामान्य उपचारपछि थप उपचारको लागि उनीहरूलाई काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । गम्भीर घाइते बेतालीकै २७ वर्षीय सरस्वती कार्की र कास्की जिल्लाको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मालाई ट्रमा सेन्टर पठाइएको हो…
Read More »फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्युु , ३ घाइते
रामेछाप । जिल्लाको गोकुलगंगा गा.पा. वडा नं. ६ सिमलडांडा भीरमा फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुलगंगा गाउपालिका वडा नं. ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत , सोही गाउँपालिका वडा नं. ५ की कविता कार्की, कविता कार्कीको ७ बर्षकि छोरी स्वस्तिका खड्का, मन्थली न.पा. वडा नं. १० चिसापानीका (चालक)…
Read More »पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सुरु
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बुधबार पालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले दीप प्रज्वलन गरी उद्घाटन गरे।उमाकुण्ड गाउँपालिका वडा नं. २ बाम्तीभण्डारको सिद्धेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालित प्रतियोगिता मंसिर १२–१४ सम्म तिन दिन सञ्चालन हुने आयोजकले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका सात…
Read More »गोकुलगंगाले लोकसेवा पढाउने, सिप सिकाउने
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आफ्ना नागरिकहरूका लागि लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । पालिकाले तयारी कक्षा सँगै सिपमूलक तालिम पनि संचालन गर्ने भएको छ ।गाउँपालिकाले पालिका भित्रका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले चालु आर्थिक वर्ष (आ.व.) २०८१÷०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत ती कक्षाहरू संचालन गर्न लागेको बताएको हो ।पालिकाले सिप मूलक कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा ५ जनालाई (अहेव)…
Read More »प्रथम अखिल कपको तयारी पूरा
रामेछाप । १५ वर्ष मुनिको प्रथम अखिल कप खुला पुरुष फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी रामेछापले जानकारी गराएको छ । मङ्सिर १४ गतेदेखि १६ गतेसम्म रामेछाप सदरमुकाम मन्थलीमा अखिल कप सञ्चालन हुने आयोजकले बुधवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो ।पत्रकार सम्मेलनमा अनेरास्ववियु रामेछापका अध्यक्ष…
Read More »