समाचार

  • मत गणना नसकिँदै प्रचण्ड भारी मतान्तरले विजयी


    काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका लिलामणि गौतमको ३ हजार १७ मत छ।रुकुम पूर्वमा कुल १९ हजार १८८ मत खसेकोमा अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ। गणना…

    Read More »
  • सिरुवारी भिरमा निर्वाचन सामग्री बोकेको ट्रक खस्यो : दुईको मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो


    रामेछाप — जिल्लामा निर्वाचन सामग्री र कर्मचारी बोकेको ट्रक सोमबार दिउँसो सिरुवारी भिरबाट खस्दा दुई जनाको मृत्यु भएको छ। ना ४ ख ६७६८ नम्बरको ट्रक दुर्घटनामा परेका नेपाल प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै ज्यान गएको हो भने मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा मन्थली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाको दुर्गम मतदान केन्द्रतर्फ निर्वाचन सामग्री र कर्मचारी बोकेर जाँदै…

    Read More »
  • निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्णः पत्रकार महासंघ बागमती प्रदेश


    हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएको छ। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले मुलुकको लोकतान्त्रिक अभ्यासलाई सुदृढ तुल्याउन सञ्चारकर्मीहरूले जिम्मेवार र तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको हो।महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरद्वारा हस्ताक्षरित…

    Read More »
  • क्लिन इमेज बनाएका प्रदीप पौडेल काठमाडौँ ५ बाट ढुक्क


    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेल विद्यार्थी आन्दोलनबाट खारिएर मूलधारको राजनीतिमा आएका नेता हुन् । गत पुस २८ देखि माघ १ सम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका नेता पौडेल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाडौँ ५ बाट उम्मेदवार रहेका हुन् । गत निर्वाचनमा सोही क्षेत्रबाट विजयी…

    Read More »
  • बदर मत न्यूनीकरणमा मतदाता शिक्षाको प्रभावकारिता


    निर्वाचन विशेष लेख । लोकतान्त्रिक प्रणालीमा निर्वाचन केवल प्रतिनिधि छनोट गर्ने प्रक्रिया मात्र होइन, यो नागरिकको सार्वभौमसत्ता प्रयोग गर्ने उच्चतम अवसर पनि हो। नागरिकले आफ्नो मतमार्फत राज्यसत्ताको संरचना निर्माणमा प्रत्यक्ष भूमिका खेल्छ। त्यसैले मतदान केवल कर्तव्य होइन, अधिकार र जिम्मेवारीको संयोजन हो। तर जब त्यही मत प्राविधिक त्रुटिका कारण बदर हुन्छ, तब त्यो नागरिकको आवाज हराउनुका साथै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न…

    Read More »
  • निर्वाचनको तातो रापमा शीतल अंकमाल


    रामेछाप । देश चुनावी रन्कोले रापिलो भइरहेको छ। गाउँ–गाउँ, टोल–टोल र चौतारी–चौतारीमा एउटै बहस–“को जित्छ?” सामाजिक सञ्जालमा उग्र टिप्पणी, घरदैलोमा आरोप–प्रत्यारोप, चियापसलमा कटु बहस। यस्तो लाग्छ, मानौं निर्वाचन कुनै लोकतान्त्रिक अभ्यास नभएर अन्तिम ‘धर्मयुद्ध’ हो, जहाँ विपक्षीलाई परास्त मात्र होइन, समाप्त नै गर्नुपर्छ।तर, यही रन्कोबीच रामेछापको मन्थली बजारको मुटु मानिने देवकोटा चोकमा शुक्रवार देखिएको एउटा दृश्यले यो कठोर भाष्यलाई चकनाचुर…

    Read More »
  • कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँ : सभापति थापा


    पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ ।’ सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने…

    Read More »
  • तामाकोशीको तीरमा उद्यमशीलताको सुगन्ध


    मन्थलीको रापिलो घाम जब दिउँसो तिर धुलाम्मे सडकमा टाँसिन्छ, त्यतिबेला सहरको भीडभाडबाट केही पर सोतीतिर झरेपछि तामाकोशीको किनारमा पुग्दा वातावरण नै फेरिन्छ। नदीको सुसेली, बगरको शान्ति र पुरानो ‘एक्ले बरको बोट’को छहारीले थकित यात्रुलाई रोक्न बाध्य बनाउँछ। त्यही छहारीको छेउमा उभिएको छ–‘होटल ब्लु स्काई’। नाममा जस्तै खुला आकाशको अनुभूति दिने यो होटल केवल व्यवसाय होइन, एक जना युवाको आत्मनिर्णय र…

    Read More »
  • बदर मत न्यूनीकरण गर्न वडा–वडामै सहजकर्ता


    रामेछाप । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि रामेछाप जिल्लामा मतदाता शिक्षा अभियानलाई तीव्रता दिइएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला निर्वाचन कार्यालयले मतदाताहरूलाई मतदान प्रक्रियाका बारेमा सचेत गराउन र हुनसक्ने गल्तीहरूलाई कम गर्न फागुन ३ गतेदेखि नै विशेष अभियानको थालनी गरेको हो। विगतका निर्वाचनहरूमा देखिएको बदर मतको समस्यालाई यसपटक निकै कम गर्ने मुख्य उद्देश्यका…

    Read More »
  • ‘कागजमा योजना सकियो, अब मैदानमा प्रहरी’- प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी


    नेपालको राजधानी काठमाडौँलाई घेरेको र भौगोलिक रूपमा अत्यन्तै विविधतायुक्त बागमती प्रदेश निर्वाचनको समयमा सधैँ चर्चाको केन्द्रमा रहन्छ। एकातिर सुगम सहरी क्षेत्र र अर्कोतिर विकट पहाडी तथा हिमाली जिल्लाहरू—यस्तो भूगोलमा शान्ति सुरक्षा कायम राख्नु नेपाल प्रहरीका लागि चुनौतीपूर्ण कार्य हो। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा निकायहरू कसरी परिचालित भइरहेका छन्? मतपेटिकाको सुरक्षादेखि मतदाताको आत्मबल बढाउनेसम्मका योजना के छन्? निर्वाचनको महाकुम्भ सुरु हुँदै…

    Read More »
Back to top button