सुरक्षा/अपराध

  • त्रिशूली किनारमा टुङ्गिएको एक साहसी प्रहरीको यात्रा


    रामेछाप । न त कुनै युद्ध थियो, न त कुनै आक्रमण। तर राष्ट्रको सुरक्षार्थ ड्युटीमा खटिएका एक प्रहरी अधिकृत बाढीको उर्लदो छालमा हराए। उनी थिए—नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ। रामेछापको लिखुतामाकोशी गाउँपालिका–४, बिजुलिकोट धारापानीका स्थायी बासिन्दा। कर्तव्यनिष्ठ, मिलनसार र निर्भीक भनेर चिनिने श्रेष्ठ भोटेकोशी बाढीमा बेपत्ता भएदेखि देशभरका सुरक्षाकर्मी र आम नागरिकले उनको खोजी गरिरहेका थिए।अन्ततः उनको जीवनयात्राको…

    Read More »
  • बीपी राजमार्गमा एक महिना राति यातायात चलाउन रोक


    काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुलीखण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो ।कार्यालयले शुक्रबार सूचना जारी गरी मनसुन सक्रिय भएको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण…

    Read More »
  • प्रहरीको दुर्व्यवहार विरुद्ध महासंघ र युनियनको विज्ञप्ति


    रामेछाप । रामेछाप जिल्ला बाट प्रकाशित अक्षता राष्ट्रिय दैनिकका सम्पादक नवीन केसीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घ रामेछाप शाखा र प्रेस युनियन रामेछाप शाखाले विज्ञप्ति निकालेको छ । प्रेस स्वतन्त्रता विरुद्ध प्रहरीले शरीर खानतलासी गरी दुव्र्यवहार गरेको भन्दै महासंघ र युनियनले ध्यानाकर्षण गराएको छ ।महासंघकी सचिब तुल्सीदेवी श्रेष्ठ र नेपाल प्रेस युनियन रामेछापका सचिब सागर बोहराद्वारा हस्ताक्षर गरिएको…

    Read More »
  • नाबालिकालाई यौन धन्दामा लगाउने रामेछापका गोरे नेवा खड्गी र सिन्धुली राजु शाही पक्राउ


    काठमाडौं । नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन् ।मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा खाजाघर एण्ड गेष्ट हाउस खोलेका थिए । सोही गेष्ट हाउसमा उनीहरूले बालिका तथा युवतीलाई जबरजस्ती यौन धन्दामा लगाउँदै आएका…

    Read More »
  • सशस्त्रका एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली भेटियो


    कठकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) का तत्कालीन प्रहरी उपरीक्षक (एसपी) वीरसिंह साहुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा उनीविरुद्ध आज (शुक्रबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । साहुले प्रहरी निरीक्षक पदमा बढुवाका लागि बीए तहको नक्कली प्रमाणपत्र पेश गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी…

    Read More »
  • प्रधानमन्त्रीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ


    काठमाडौं । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमाले समर्थकलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई खेदेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रधानमन्त्री र नेकपा एमाले समर्थकविरुद्ध गालीगलौज गरेको आरोपमा कराते प्रशिक्षक राजन लामा पक्राउ परेका हुन् । प्रहरीले लामालाई साउन २७ गते पक्राउ गरेको थियो । उनीविरुद्ध काठमाडौं…

    Read More »
  • फ्रिजको कम्प्रेसर चोरी गर्ने पक्राउ


    रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ बिच बजारमा प्रत्युस इन्टरप्राइजेजको सामान चारी गर्ने एक व्यक्ती पक्राउ परेका छन् । मन्थली नगरपालिका १ बस्ने हरी खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।चोरी गर्ने व्यक्ती र चोरी भएको समान सहित प्रहरीले फेला पारेको हो । खड्काले कृषी बिकास बैंकबाट हाटेचौर तर्फ जाने बाटोमा रहेको प्रत्युस इन्टरप्राइजेजको…

    Read More »
  • प्रहरीले अवैध लागूऔषधसहित चार जना पक्राउ


    काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ गरेका छन् । जसमा कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भाँसिस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलोग्राम र नगद १२ हजार ९ सय ३० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ५३ वर्षीय शिवराज भट्ट र बेदकोट नगरपालिका-३ बस्ने ३७…

    Read More »
  • सैपुमा बिष सेवन गरि एकको मृत्यु, एकको अवस्था गम्भीर


    रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं २ सैपु स्थित ढाडे होटेलमा दुई जनाले बिष सेवन गरेका छन। बिष सेवन गरेका सागर कार्कीको मृत्यु भएको रामेछाप सामुदायिक अस्पतालका डा. केशव सिंह धामीले बताए। धामीका अनुसार अर्का बिष सेवन गर्ने तोरणमाया सुनुवारलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। ।

    Read More »
  • राष्ट्र सेवकलाई बाधा अवरोध गरेको कसुरमा ७ दिन म्याद थपी अनुसन्धान


    रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ला.प.से. सेवन गरेका ३ जनालाई नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा मन्थली अस्पताल रामेछापको समन्वय तथा सहयोगमा ट्राफिक प्रहरीले लागु पदार्थ सेवन (ला.प.से.) चेकजाँच गरिएको थियो ।प्रहरीले गत आइतबार दिउसो ४ः३० देखि बेलुका ६ बजे सम्म २२ वटा सवारी साधन चेकजाँच गरिएको थियो । प्रहरीले चितवन जिल्ला भरतपुर महानगरपालिका– १६…

    Read More »
Back to top button