सुरक्षा/अपराध
३ सयले लिए सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कक्षा
रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कक्षा संचालन गरेको छ । कार्यालयले मन्थली नगरपालिका वडा नम्बर १ को कार्यालय अगाडी, खिम्ति, सेलेघाट र मन्थली भएर चल्ने सवारी साधनहरुको चालक तथा यात्रुहरुलाई सचेतनामुलक कक्षा संचालन गरेको हो । आज शुक्रवार विहान ८ बजे देखि १० बजे सम्म सञ्चालित सचेतनामुलक कक्षामा ३ सय चालक…
Read More »बढि भाडा लिने सुमोलाई कारबाही
रामेछाप । रामेछापको बेताली बाट काठमाडौँ जादै गरेको सुमोले यात्रु सँग बढि भाडा लिएपछि कारबाहीमा परेको छ । ज १ ज ३५० नम्बरको भाडाको सुमोले एक यात्रु सँग बेताली बाट खुर्कोट सम्मको भाडा तोकिएको भाडादर भन्दा रु १०० बढी लिएको भनि जिल्ला ट्राफिक प्रहरी कार्यालमा जानकारी आएपछि उक्त सुमोलाई नियन्त्रण लिई कारबाही गरिएको रामेछाप ट्राफिक प्रमुख दिपक चौलागाँईले बताए ।उनले…
Read More »ईलाका प्रहरी कार्यालय मैनापोखरका सई घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई)लाई घुससहित पक्राउ गरेको छ ।अख्तियारले ईलाका प्रहरी कार्यालयमा कार्यरत सई पवन साउदलाई नियन्त्रणमा लिएको हो । लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै साउदले सेवाग्राहीसँग ३० हजार घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए।सई साउद सेवाग्राहीबाट लिएको…
Read More »सांसद महराको धनमाल चोरी
काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए । “पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उनले…
Read More »बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पुर्पक्षका लागि जेल चलान
गुल्मी । गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने एक युवक पुर्पक्षको लागि कारागार चलान भएका छन् । चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरकी १५ वर्षीया मनिषा रुचालको बलात्कारपछि हत्या गर्ने बाँकेको खजुरा गाउँपालिका-७ का रहिस खाँलाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो । खाँलाई मंसिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसले पुर्पक्षको लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको…
Read More »स्थानीय ठेकेदारद्वारा अनेरास्ववियुका सह-संयोजकमाथि खुकुरी प्रहार
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन (अनेरास्ववियु) ताप्लेजुङका सह–संयोजक विवेक बानियाँमाथि खकुरी प्रहार भएको छ । उनलाई आज बिहान फुङ्लिंग नगरपालिकास्थित पाथिभरा होटल अगाडी स्थानीय ठेकेदार प्रेम मावोले खुकुरी हानेका हुन् । लेनदेनको विषयमा एमाले नेता तथा कार्यकर्ताहरूको अगाडि नै बानियाँमाथि खुकुरी प्रहार भएको बताइएको छ । बानियाँको जिल्ला अस्पताल ताप्लेजुङ्गमा उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको…
Read More »प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी, सब-इन्जिनियर हर्षलाल चौधरी, योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरीसहित नौ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन…
Read More »भड्डु प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या
दैलेख । दैलेखको नौमुलेमा भड्डुले प्रहार गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन्। नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन्। ‘पहिले श्रीमानले हात छोडेछन्, ढेडो पकाएको भड्डुले श्रीमतीले हानी घाइते बनाएकी सीताले दाउराले पनि टाउकैमा हानिन्।’ ‘योगीका छोराले बताए, अत्याधिक रगत बगेर श्रीमान्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी…
Read More »विद्यालय-विद्यालय पुगेर रामेछाप ट्राफिक सचेतना दिँदै
रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आइतबार सदरमुकाम मन्थली स्थित कर्कला देवी ईङलिस बोर्डिङ स्कुल (केब्स) का १०० जना विद्यार्थीलाई २ घण्टा ट्राफिक नियम सम्बन्धी सचेतना दिएको छ । पैदल यात्रीहरूले बाटो काट्दाको अवस्था, यात्रुहरूले अपनाउनु पर्ने सावधानी, सवारी चालकले सवारी चलाउँदाको अवस्थाका विषयमा सचेतना गराइएको जिल्ला ट्राफिक प्रमुख दीपक चौलागाईले बताए । उनले भने – ट्राफिक प्रहरीले अव…
Read More »जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र कास्कीबाट १२ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका-४ घर भएका ५६ वर्षीय जस बहादुर तामाङ समेत ४ जनालाई नगद २९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।…
Read More »