३ सयले लिए सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कक्षा

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कक्षा संचालन गरेको छ ।

कार्यालयले मन्थली नगरपालिका वडा नम्बर १ को कार्यालय अगाडी, खिम्ति, सेलेघाट र मन्थली भएर चल्ने सवारी साधनहरुको चालक तथा यात्रुहरुलाई सचेतनामुलक कक्षा संचालन गरेको हो ।

आज शुक्रवार विहान ८ बजे देखि  १० बजे सम्म सञ्चालित  सचेतनामुलक कक्षामा  ३ सय चालक तथा यात्रुहरुको सहभागिता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख दिपक प्रसाद चौलागाईले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button