ब्यानर न्युज
सिरुवारी भिरमा निर्वाचन सामग्री बोकेको ट्रक खस्यो : दुईको मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो
रामेछाप — जिल्लामा निर्वाचन सामग्री र कर्मचारी बोकेको ट्रक सोमबार दिउँसो सिरुवारी भिरबाट खस्दा दुई जनाको मृत्यु भएको छ। ना ४ ख ६७६८ नम्बरको ट्रक दुर्घटनामा परेका नेपाल प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै ज्यान गएको हो भने मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा मन्थली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाको दुर्गम मतदान केन्द्रतर्फ निर्वाचन सामग्री र कर्मचारी बोकेर जाँदै…
Read More »निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्णः पत्रकार महासंघ बागमती प्रदेश
हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएको छ। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले मुलुकको लोकतान्त्रिक अभ्यासलाई सुदृढ तुल्याउन सञ्चारकर्मीहरूले जिम्मेवार र तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको हो।महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरद्वारा हस्ताक्षरित…
Read More »निर्वाचनको तातो रापमा शीतल अंकमाल
रामेछाप । देश चुनावी रन्कोले रापिलो भइरहेको छ। गाउँ–गाउँ, टोल–टोल र चौतारी–चौतारीमा एउटै बहस–“को जित्छ?” सामाजिक सञ्जालमा उग्र टिप्पणी, घरदैलोमा आरोप–प्रत्यारोप, चियापसलमा कटु बहस। यस्तो लाग्छ, मानौं निर्वाचन कुनै लोकतान्त्रिक अभ्यास नभएर अन्तिम ‘धर्मयुद्ध’ हो, जहाँ विपक्षीलाई परास्त मात्र होइन, समाप्त नै गर्नुपर्छ।तर, यही रन्कोबीच रामेछापको मन्थली बजारको मुटु मानिने देवकोटा चोकमा शुक्रवार देखिएको एउटा दृश्यले यो कठोर भाष्यलाई चकनाचुर…
Read More »बदर मत न्यूनीकरण गर्न वडा–वडामै सहजकर्ता
रामेछाप । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि रामेछाप जिल्लामा मतदाता शिक्षा अभियानलाई तीव्रता दिइएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला निर्वाचन कार्यालयले मतदाताहरूलाई मतदान प्रक्रियाका बारेमा सचेत गराउन र हुनसक्ने गल्तीहरूलाई कम गर्न फागुन ३ गतेदेखि नै विशेष अभियानको थालनी गरेको हो। विगतका निर्वाचनहरूमा देखिएको बदर मतको समस्यालाई यसपटक निकै कम गर्ने मुख्य उद्देश्यका…
Read More »‘कागजमा योजना सकियो, अब मैदानमा प्रहरी’- प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी
नेपालको राजधानी काठमाडौँलाई घेरेको र भौगोलिक रूपमा अत्यन्तै विविधतायुक्त बागमती प्रदेश निर्वाचनको समयमा सधैँ चर्चाको केन्द्रमा रहन्छ। एकातिर सुगम सहरी क्षेत्र र अर्कोतिर विकट पहाडी तथा हिमाली जिल्लाहरू—यस्तो भूगोलमा शान्ति सुरक्षा कायम राख्नु नेपाल प्रहरीका लागि चुनौतीपूर्ण कार्य हो। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा निकायहरू कसरी परिचालित भइरहेका छन्? मतपेटिकाको सुरक्षादेखि मतदाताको आत्मबल बढाउनेसम्मका योजना के छन्? निर्वाचनको महाकुम्भ सुरु हुँदै…
Read More »सरकारको विभेदकारी आँखाः धादिङको दुर्घटनामा शोक, रामेछापको लासमाथि ‘मौन’!
रामेछाप । राज्यका लागि नागरिकको रगतको रङ भूगोल र पहुँचका आधारमा फरक हुन्छ भन्ने एउटा बीभत्स नमूना हालैको सरकारी व्यवहारले पुष्टि गरेको छ। धादिङको बेनीघाटमा बस दुर्घटना हुँदा सिंहदरबार हल्लिने, मन्त्रीहरू घटनास्थल दौडिने र छानबिन समिति गठन हुने तर रामेछापको त्रिवेण्ी नजिकै १५ जनाको ज्यान जाँदा सरकारले पत्तो नपाएझैँ गर्नुले गम्भीर नैतिक प्रश्न खडा गरिदिएको छ। यही विभेदकारी चरित्र र…
Read More »‘अबको विकल्प कांग्रेस मात्रै हो’ : प्रवक्ता रुवाली
रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवालीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केवल सामान्य मतदानको प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक विचलनबाट मुक्त गराउने महासंग्रामको संज्ञा दिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा रामेछापको सदरमुकाम मन्थलीमा प्रवक्ता रुवालीले अबको निर्वाचनमा नेपाली कांग्रेसले देशभर र विशेषगरी रामेछापमा ऐतिहासिक विजय हासिल गर्ने दाबी गरे । उनले कम्युनिष्ट…
Read More »हुलाकको सेवामा अविश्वासको डंगुर
रामेछाप । सरकारी सेवा जनताको भरोसामा टिकेको हुन्छ। तर भरोसा चर्किएको बेला भाषणले मात्र टाल्न सकिँदैन। यही यथार्थ प्रष्ट देखियो मन्थलीमा आयोजित ‘हुलाक सेवा सम्बन्धी स्थानीय तहसँग अन्तक्र्रिया’ कार्यक्रममा । हुलाक सेवा विभागको आयोजनामा मन्थली नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीहरूले हुलाक सेवाको वर्तमान अवस्था, ढिलासुस्ती, अविश्वसनीयता र प्रविधिहीन कार्यशैलीमाथि खुलेर प्रहार गरे।निर्देशक एवं प्रवक्ता लिलाराज पौडेलले सेवा विस्तार, संरचना सुधार…
Read More »रामेछापमा आज आउँदै मतपत्र
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा आवश्यक पर्ने महत्वपूर्ण सामग्री मतपत्र सोमबार साँझसम्म जिल्ला आइपुग्ने भएको छ । जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार निर्वाचन आयोगबाट प्राप्त हुने १४ थरी र कार्यालय आफैँले व्यवस्थापन गर्ने ३७ थरी सामग्रीमध्ये मतपत्र बाहेकका…
Read More »भविष्यका डाक्टरका लागि गोकुलगंगाको लगानी
रामेछाप । विकटता र अभावका बीचबाट कहिलेकाहीँ यस्ता आशलाग्दा किरणहरू उदय हुन्छन्, जसले सिङ्गो समाजलाई नै उज्यालो बनाउने सामथ्र्य राख्छन्। रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ३, रस्नालुका प्रदिप घिमिरे (विक) अहिले त्यस्तै एउटा आशाको केन्द्र बनेका छन्।आर्थिक अभावका कारण जेहेन्दार विद्यार्थीहरूले आफ्नो सपना मार्नुपर्ने बाध्यतालाई चिर्दै गोकुलगंगा गाउँपालिकाले अघि सारेको “एमबीबीएस छात्रवृत्ति कार्यक्रम“ अन्तर्गत प्रदिप छनौट भएका छन्। नेपाल मेडिकल…
Read More »